उपचारका लागि कप्तान सावित्रा भण्डारी (साम्बा) को आर्थिक सहयोगको अपिल

Author

सजिलो पत्रिका

२०८२ फागुन ११, सोमबार

22
Share
Featured
  • सावित्रा भण्डारी (साम्बा) ले घुँडाको गम्भीर चोट (ग्राफ्ट र MCL क्षति) का कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने भएकाले आर्थिक सहयोगको अपिल गरेकी छन्।
  • कतारको अस्पेटार अस्पतालमा उपचारका लागि करिब ८० हजार अमेरिकी डलर (१ करोड रुपैयाँभन्दा बढी) खर्च लाग्ने अनुमान गरिएको छ।
  • अखिल नेपाल फुटबल संघ (एन्फा)ले पर्याप्त सहयोग नगरेको भन्दै असन्तुष्टि जनाउँदै, सरकारी पहल र बीमाले नपुगेपछि उनले समर्थकहरूसँग सहयोग मागेकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा)ले घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो अघिल्लो शल्यक्रियाको ग्राफ्ट र एमसिएल (MCL) मा गम्भीर क्षति पुगेकाले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने जानकारी दिएकी हुन्।

साम्बाले कतारको अस्पेटार अस्पतालमा उच्चस्तरीय उपचार गराउन चाहेको र त्यसका लागि करिब ८० हजार अमेरिकी डलर (करिब १ करोड रुपैयाँ बढी) खर्च हुने अनुमान गरिएको बताएकी छन्। उनले अखिल नेपाल फुटबल संघ (एन्फा) ले पर्याप्त सहयोग नगरेको र केवल ५ लाख रुपैयाँ मात्र दिने प्रस्ताव गरेकोमा असन्तुष्टि व्यक्त गरेकी छन्।

हाल न्युजिल्यान्डको क्लबमा आबद्ध रहेकी उनले सरकारी पहल सुस्त भएपछि र क्लबको बीमा रकमले मात्र उपचार सम्भव नभएपछि बाध्य भएर आम समर्थकहरूसँग सहयोगको याचना गरेकी हुन्। उनले विगत सात हप्तादेखि चोटका कारण मैदान बाहिर रहनुपरेको पीडा समेत व्यक्त गरेकी छन्।

उनले लेखेकी छन्–

नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरुको ‘साम्बा’

यहाँहरु सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केहि समय बितिसक्ने थियो । तर अझैपनि म उपचारको लागि भौतारिएको छु ।

मेरो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुन: जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसबेला आर्थिक र मानसिक रुपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकें ।

तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भएपनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दापनि वहाँहरुलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ ।

यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुन: सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ । क्लबले विमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ । तर उक्त रकम मेरो शल्यक्रिया र ७-८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आँकलन रहेको छ ।

म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन् । तर सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन ।

मैले आफ्नो करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको छ, र हरेक पटक साहसका साथ त्यसलाई पार गरेको छु । यसपटक पुन: माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ ।

मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको छ । मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरु नै हुनुहुन्छ । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु । तर मैले देशको लागि सधैं शत प्रतिशत दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु । इजरायल होस् या फ्रान्स, मैले सधैं नेपालकै नाम राखेको महसुस भएको छ । यहाँ न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दापनि मैले व्यक्तिगत भन्दापनि राष्ट्रको पहिचान बोकेको ठानेको छु ।

आर्थिक रुपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ । त्यसैले नै म आज यहाँहरुमाझ सहयोगको याचना गरिरहेको छु । आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाडैं जम्मा हुनेछ । र म राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेको छु, मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस अरुको अवस्था के होला? मैले यसबारे निरन्तर आवाज पनि उठाउँदै आएको छु, तर नियतिले पुन: एकपटक मलाई नै यो अवस्थामा ल्याएको छ ।

मलाई सहयोग गर्न नेपालमा रहनुहुनेले तल राखिएको QR वा बैंक मार्फत सहयोग गर्नुहोला ।

विदेशमा रहनुहुनेले यो लिंकमा गएर सहयोग गर्नुहोला :

https://givealittle.co.nz/…/support-sambas-surgery…

यो चोटले मलाई शारीरिक र मानसिक रुपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कनेछु ।

थाकेको हो, हारेको छैन

पुन: एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु ।

जय नेपाल!

यो समाचारमा

साबित्रा भण्डारी (साम्बा)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...