सिन्धुलीको मासु उद्योगमा नेपाली र चिनियाँ कामदारबीच झडप, ७ घाइते

Author

सजिलो पत्रिका

२०८२ फागुन ११, सोमबार

16
Share
Featured
  • मरिण गाउँपालिका-4 स्थित निर्माणाधीन हिमालयन फुड कम्पनीमा कामदारबीच झडप हुँदा २ नेपाली र ५ चिनियाँ नागरिक गरी ७ जना घाइते भएका छन्।
  • झडप नेपाली चालकलाई कामबाट निकालेको विषयमा सुरु भएको विवादबाट उत्पन्न भएको थियो; घाइते नेपाली कामदारहरू नवराज बम्जन र गोकर्ण कटुवाल हुन्।
  • घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ; गम्भीर घाइते बम्जनलाई थप उपचारका लागि काठमाडौं हेलिकोप्टरमार्फत ल्याउने तयारी गरिएको छ, र कम्पनी परिसरमा सुरक्षा कडा पारिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सिन्धुलीको मरिण गाउँपालिका–४ साहानस्थित निर्माणाधीन हिमालयन फुड कम्पनी (राँगाको मासु प्रशोधन उद्योग) मा कार्यरत कामदारहरूबीच सोमबार बिहान झडप भएको छ। एक नेपाली चालकलाई कामबाट निकालेको विषयमा सुरु भएको विवाद 'नेपालीलाई हेपेको' भन्दै कुटाकुटमा परिणत हुँदा २ नेपाली र ५ चिनियाँ गरी ७ जना घाइते भएका छन्।

झडपमा नेपाली कामदारहरू नवराज बम्जन र गोकर्ण कटुवाल तथा ५ जना चिनियाँ नागरिक घाइते भएका हुन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते बम्जनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। घटनापछि कम्पनी परिसरमा सुरक्षा व्यवस्था कडा पार्न प्रहरी परिचालन गरिएको छ।

यो समाचारमा

काठमाडौँसिन्धुलीमरिण गाउँपालिका

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...