जापानको चिडियाखानामा एउटा बाँदरको मर्मस्पर्शी प्रेम: गुडियामै भेट्यो आमाको साहरा

Author

सजिलो पत्रिका

२०८२ फागुन १०, आइतबार

18
Share
Featured
  • जापानको इचिकावा सिटी चिडियाखानामा जन्मिएको ‘पन्च’ नामको जापानी बाँदर जन्मिएको एक हप्तामै आमाबाट अलग भयो, जसका कारण ऊ एक्लो र असहाय बनेको थियो।
  • अन्य बाँदरको समूहमा मिसाउने प्रयास असफल भएपछि कर्मचारीहरूले उसको भावनात्मक सहाराका लागि ठूलो ओराङ्गुटानको टेडी (गुडिया) दिए।
  • अहिले पन्च त्यही गुडियालाई आफ्नो आमाजस्तै मानेर सधैं बोकेर हिँड्छ, त्यसैसँग खान्छ र सुत्छ—यसले जनावरमा पनि माया, स्नेह र साथको गहिरो आवश्यकता हुने कुरा देखाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

आमाको माया कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा एउटा सानो बाँदरको व्यवहारले प्रष्ट पारेको छ। जापानको इचिकावा सिटी चिडियाखानामा रहेको ‘पन्च’ नामको जापानी बाँदरको भिडिओ अहिले इन्टरनेटमा भाइरल भइरहेको छ, जसले धेरैलाई भावुक बनाएको छ।

गत वर्ष जुलाईमा जन्मिएको पन्चलाई उसको आमाले जन्मिएको एक हप्तामै बेवास्ता गरेर छाडिदिएकी थिइन्। चिडियाखानाका कर्मचारीले उसलाई अन्य बाँदरको समूहमा मिसाउन खोजे पनि अरु बाँदरले उसलाई कुटपिट गरेर लखेटेका थिए। आमाको माया र समूहको साथ नपाएपछि पन्च निकै एक्लो र सहाराविहीन बनेको थियो।

उसलाई भावनात्मक रूपमा बलियो बनाउन चिडियाखानाका कर्मचारीले एउटा ठूलो ओराङ्गुटानको टेडी (गुडिया) दिएका थिए। अहिले पन्चले त्यही गुडियालाई नै आफ्नो संसार र आमा मानेको छ। ऊ जहाँ जाँदा पनि त्यो गुडियालाई बोकेर हिँड्छ, त्यसैसँग खान्छ र त्यसैसँग सुत्छ। आमाको ममता गुडियामा खोजिरहेको पन्चको यो मर्मस्पर्शी दृश्यले जनावरमा पनि प्रेम र साहराको कति ठूलो महत्व हुन्छ भन्ने देखाएको छ।

यो समाचारमा

काठमाडौँजापान

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...