गौरमा जारी कर्फ्युले न्यायिक सेवा ठप्प, आजका सबै सुनुवाइ रोकिए

Author

सजिलो पत्रिका

२०८२ फागुन १०, आइतबार

11
Share
Featured
  • गौमा जारी अनिश्चितकालीन कर्फ्युका कारण जिल्ला अदालतका सबै सुनुवाइ र प्रशासनिक सेवा स्थगित भएका छन्।
  • जिल्ला प्रशासन कार्यालय रौतहटले आवतजावत, भेला र प्रदर्शनमा प्रतिबन्ध लगाएपछि अदालतको नियमित कार्य प्रभावित भएको हो, तर तोकिएका तारिख र म्यादमा असर नपर्ने व्यवस्था मिलाइएको छ।
  • फागुन ७ गतेदेखि भड्किएको हिंसात्मक गतिविधिपछि कर्फ्यु लागू गरिएको हो, जसले सर्वसाधारणसहित प्रशासनिक र न्यायिक सेवामा असर पुर्‍याएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

रौतहटको सदरमुकाम गौरमा जारी अनिश्चितकालीन कर्फ्युका कारण जिल्ला अदालतको सेवा पूर्ण रूपमा ठप्प भएको छ। सुरक्षा अवस्था अस्थिर बनेपछि अदालतले आइतबारका लागि तय भएका सम्पूर्ण सुनुवाइ, सेवा तथा प्रशासनिक कामकारबाही स्थगित गरेको हो।

जिल्ला प्रशासन कार्यालयले गौर नगरपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि सर्वसाधारणको आवतजावत, भेला र प्रदर्शनमा प्रतिबन्ध लगाउँदै कर्फ्यु जारी गरेपछि अदालतको नियमित कार्य प्रभावित भएको हो। अदालतले आजका लागि तोकिएका तारिख र म्यादहरूमा कुनै असर नपर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिएको छ।

फागुन ७ गतेदेखि भड्किएको हिंसात्मक गतिविधिपछि गौरमा कर्फ्यु लगाइएको हो। यसले गर्दा सर्वसाधारण मर्कामा पर्नुका साथै प्रशासनिक र न्यायिक सेवाहरू समेत अवरुद्ध हुन पुगेका छन्।

यो समाचारमा

रौतहटगौर नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महोत्तरीमा डाँका समूहको गोली प्रहारबाट दम्पती घाइते

    काठमाडौँ।महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका समूहले गोली प्रहार गर्दा एक दम्पती घाइते भएका छन्। स्थानीय राम विश्वास यादवको घरमा चोरी गर्न आएको समूहसँग प्रतिवाद गर्ने क्रममा उनका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादवलाई गोली लागेको हो।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार घाइते दुवै जनाको

    Data is loading...

    Loading brands...

    Loading footer...