स्वस्थ जीवनशैलीका लागि बिहानको खाजामा के खाने ?

Author

सजिलो पत्रिका

२०८२ फागुन १०, आइतबार ०९:३६

38
Share
Featured

काठमाडौँ

स्वस्थ जीवनशैली अपनाउन सन्तुलित खानपान, नियमित व्यायाम र पर्याप्त विश्राम आवश्यक मानिन्छ।

तीमध्ये बिहानको खाजा दिनभरको स्वास्थ्य, ऊर्जा र मानसिक सक्रियताको आधार हुने चिकित्सकहरू बताउँछन्। रातभर शरीर उपवासजस्तै अवस्थामा रहने भएकाले बिहानको खाजाबाटै शरीरले आवश्यक पोषण र शक्ति प्राप्त गर्ने हुँदा यसलाई बेवास्ता गर्नु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्ने चेतावनी दिइएको छ।

पोषणविद्हरूका अनुसार बिहानको खाजा छोड्ने बानीले कमजोरी, चक्कर, ध्यान केन्द्रित गर्न कठिनाइ, अत्यधिक भोक लाग्ने र पछि धेरै खाना खाने प्रवृत्ति बढाउँछ। यसले तौल वृद्धि, मधुमेह, उच्च रक्तचाप तथा मुटुरोगको जोखिम बढाउन सक्छ।

विश्व स्वास्थ्य संगठन ले पनि बिहान सन्तुलित भोजन लिन सके शरीरको ऊर्जा स्तर स्थिर रहने र दीर्घकालीन रोगबाट जोगिन सहयोग पुग्ने जनाएको छ।

बिहानको खाजामा के समावेश गर्ने ?

स्वास्थ्य विज्ञहरूका अनुसार बिहानको खाजा विविध पोषक तत्व भएको हुनुपर्छ।

प्रोटिनयुक्त खाना ः

अण्डा, दूध, दही, पनीर, गेडागुडी वा सोयाबिनजस्ता पदार्थले मांसपेशी मजबुत बनाउनुका साथै लामो समयसम्म पेट भरिएको अनुभूति गराउँछ।

फाइबरयुक्त भोजन ः

ओट्स, दलिया, गहुँको रोटी, ढिँडो, कोदो, मकै वा फापरका परिकारले पाचन प्रणाली सुधार्नुका साथै रक्तचाप र रक्तशर्करा नियन्त्रणमा सहयोग पु¥याउँछ।

फलफूल र तरकारी ः

केरा, स्याउ, पपीता, सुन्तला, अनार, टमाटर वा सागसब्जीले भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट पूर्ति गर्छन्। बिहान फलफूल खाने बानीले रोग प्रतिरोधात्मक क्षमता बढाउने चिकित्सकहरू बताउँछन्।

स्वस्थ बोसो ः

बदाम, काजु, अखरोट, तिल वा अलैंची जस्ता खानेकुराले मुटुको स्वास्थ्य राम्रो राख्न मद्दत गर्छन् र मस्तिष्कको कार्यक्षमता सुधार्छन्।

केबाट जोगिनु उपयुक्त ?

विशेषज्ञहरूका अनुसार खाली पेट धेरै चिया वा कफी पिउने, अत्यधिक तारेको, प्रशोधित वा चिनी बढी भएको खानेकुरा खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। यस्तो बानीले ग्यास्ट्रिक, मोटोपन, उच्च रक्तचाप तथा मुटुरोगको जोखिम बढाउन सक्छ। बिहानको खाजामा केवल बिस्कुट, चाउचाउ वा फास्टफुडमा निर्भर हुनु पनि दीर्घकालीन रूपमा स्वास्थ्यका लागि राम्रो मानिँदैन।

नियमित बिहानको खाजाको महत्व

चिकित्सकहरूका अनुसार बिहानको खाजा नियमित रूपमा सन्तुलित खान सके दिनभर ऊर्जा कायम रहन्छ । अनावश्यक स्न्याक्स खाने बानी घट्ने,तौल नियन्त्रणमा सहयोग पुग्ने र दीर्घकालीन रोगको जोखिम कम हुने फाइदा हुन्छ ।

स्वास्थ्य विज्ञहरूको अनुसार बिहानको खाजा ठूलो नभए पनि सन्तुलित र पौष्टिक हुनुपर्छ। स्थानीय रूपमा उपलब्ध अन्न, फलफूल र दुग्धजन्य पदार्थ प्रयोग गरी स्वस्थ खाजाको बानी बसाल्दा मात्र दीर्घकालीन रूपमा स्वस्थ जीवनशैली सम्भव हुने उनीहरूको भनाइ छ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#जीवनशैली#नियमित व्यायाम#पर्याप्त विश्राम#स्वस्थ#सन्तुलित खानपान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    sajilo patrika

    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

    इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ

    किओच काठमाडौं बाल अस्पतालको नयाँ भवन हस्तान्तरण

    ‘डाक्टर’ उपाधि हटाउन मेडिकल काउन्सिलको १५ दिनको अल्टिमेटम

    भर्खरै

    News Image

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू