अभिनेत्री नीति शाह र याञ्चित राणा विवाह बन्धनमा बाँधिए

Author

सजिलो पत्रिका

२०८२ फागुन ०८, शुक्रबार

17
Share
Featured
  • चर्चित अभिनेत्री नीति शाह औपचारिक रूपमा याञ्चित राणासँग विवाह बन्धनमा बाँधिएकी छिन्। काठमाडौंस्थित एक होटलमा परम्परागत विधिअनुसार विवाह सम्पन्न भएको हो।
  • करिब चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका जोडीले गत वैशाखमै कानुनी रूपमा विवाह दर्ता गरिसकेका थिए। विवाहअघि प्रि-वेडिङ फोटोसुट र ब्याचलर पार्टीसमेत आयोजना गरिएको थियो।
  • ‘मिस नेपाल इन्टरनेसनल २०१७’ उपाधि विजेता नीति शाहले ‘खजुरे ब्रो’, ‘ज्वाइँ साब’, ‘मोहर’ र ‘नरसिंहा अवतार’ जस्ता चलचित्रमा अभिनय गरेकी छिन्। 
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री निति शाह औपचारिक रूपमा विवाह बन्धनमा बाँधिएकी छिन्। शुक्रबार काठमाडौंस्थित एक होटलमा उनले आफ्ना प्रेमी याञ्चित राणासँग परम्परागत विधिअनुसार विवाह गरेकी हुन्।

करिब चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीले गत वैशाखमै कानुनी रूपमा विवाह दर्ता गरिसकेका थिए। विवाहअघि उनीहरूले प्रि-वेडिङ फोटोसुट र ब्याचलर पार्टी समेत आयोजना गरेका थिए। पेशाले एयरक्राफ्ट मर्मत इन्जिनियर रहेका याञ्चित हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनास्टीमा कार्यरत छन्।

'मिस नेपाल इन्टरनेसनल २०१७' समेत रहेकी नीतिले 'खजुरे ब्रो', 'ज्वाइँ साब', 'मोहर' र 'नरसिंहा अवतार' जस्ता चलचित्रमा अभिनय गरेकी छिन्। उनीहरूको विवाह समारोहमा परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थिति रहेको थियो।

यो समाचारमा

काठमाडौँनिति शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...