एमालेको घोषणापत्र : स्वास्थ्य सेवालाई निःशुल्क, विश्वसनीय र सर्वव्यापी बनाउने घोषणा

Author

सजिलो पत्रिका

२०८२ फागुन ०७, बिहिबार

16
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा आवश्यक जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

बिहीबार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गर्दै आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क, विश्वसनीय तथा सबै नागरिकको पहुँचमा पुग्ने बनाउने प्रतिबद्धता जनाएको हो ।

त्यस्तै स्वास्थ्य बीमामा देखिएका वित्तीय तथा व्यवस्थापकीय समस्याहरू समाधान गरी नागरिकलाई सहज स्वास्थ्य सेवा सुनिश्चित गर्ने ,आधारभूत स्वास्थ्य सेवालाई प्रमाणमा आधारित प्राथमिकीकरण गरी निःशुल्क, विश्वसनीय र सर्वव्यापी बनाउने घोषणा गरेको पनि गरेको छ ।

स्वास्थ्य प्रणालीमा रहेको दोहोरो वित्तीय बोझ, सेवा उत्पादन–खरिदको अन्योल तथा बीमा र निःशुल्क सेवाबीचको दोहोरोपन हटाउन स्वास्थ्य बीमा प्रणाली र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरूलाई क्रमशः एकीकृत गर्ने योजना रहेको एमालेले जनाएको छ ।

परम्परागत तथा वैकल्पिक चिकित्सा प्रणालीलाई आधुनिक चिकित्सासँग एकीकृत गर्ने ,योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा, आम्ची र होमियोप्याथीलगायतलाई मुख्यधारामा ल्याइने ,आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकताको प्रयोग गरी स्वास्थ्य प्रणालीलाई अत्याधुनिक बनाउने, स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्ने तथा सरकारी, निजी र सामुदायिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...