राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला टोली स्वदेश फिर्ता

Author

सजिलो पत्रिका

२०८२ फागुन ०६, बुधबार

21
Share
Featured

काठमाडौँ

थाइल्यान्डमा जारी महिला एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फिर्ता भएको छ ।

राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको हो । नेपाल प्रतियोगितामा लगातार तेश्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ तथा दोस्रो खेलमा यूएईसँग र तेश्रो खेलमा भारत ‘ए’ संग पराजित भएको थियो ।

स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा कप्तान पूजा महतोले प्रतियोगिताबाट आफूहरुले राम्रो अनुभव बटुल्न सफल भएको बताइन् ।

‘यो प्रतियोगिता हाम्रो लागि सिक्ने मौका थियो । अझ हामी कसरी अगाडि बढ्न सक्छौं भन्ने । हामीले आफ्नो तर्फबाट बेष्ट दिने प्रयास गरेका थियौं’ उनले भनिन् ।

उनले पाकिस्तान,भारत जस्ता ठूला टिमसँग प्रतिस्पर्धा गर्नु नै नेपालको लागि ठूलो अवसर भएको भन्दै खेलमा नेपालले सुधार गरेको प्रतिक्रिया आएको जानकारी गराइन् ।

यो समाचारमा

पाकिस्तानकाठमाडौँथाइल्यान्डभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...