आईसीसी टी–२० वरियतामा दीपेन्द्रको ऐतिहासिक छलाङ

Author

सजिलो पत्रिका

२०८२ फागुन ०६, बुधबार

22
Share
Featured
  • दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउन्डर वरियतामा विश्वकै चौथो स्थानमा उक्लिँदै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
  • टी–२० विश्वकपमा १६९ रन बनाएपछि उनको रेटिङ २०२ बाट बढेर २४४ पुगेको हो, जुन नेपाली क्रिकेट इतिहासकै उच्च उपलब्धिमध्ये एक हो।
  • नयाँ वरियतामा सायम अयुब पहिलो, सिकन्दर राजा दोस्रो, हार्दिक पान्ड्या तेस्रो र अजमतुल्लाह ओमरजाइ पाँचौँ स्थानमा रहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले आईसीसी टी–२०आई अलराउन्डर वरियतामा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार दीपेन्द्र विश्वकै चौथो स्थानमा उक्लिएका हुन्।

टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक १६९ रन बनाएपछि दीपेन्द्रको वरियतामा उल्लेख्य सुधार आएको हो। उनको रेटिङ अंक २०२ बाट बढेर २४४ पुगेको छ। यो नेपाली क्रिकेट इतिहासमा कुनै पनि खेलाडीले प्राप्त गरेको अहिलेसम्मकै उच्च वरियतामध्ये एक हो।

नयाँ वरियताको शीर्ष स्थानमा ३०३ अंकसहित पाकिस्तानका सायम अयुब रहेका छन्। त्यस्तै, जिम्बाबेका सिकन्दर राजा दोस्रो र भारतका हार्दिक पान्ड्या तेस्रो स्थानमा यथावत् छन्। दीपेन्द्रपछि पाँचौँ स्थानमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ रहेका छन्। विश्वकपमा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका कारण दीपेन्द्रले यो महत्वपूर्ण फड्को मारेका हुन्।

यो समाचारमा

काठमाडौँदिपेन्द्र सिंह ऐरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...