१० वर्षमा नेपाललाई ‘उद्यमी राष्ट्र’ बनाउने नेकपा (संयुक्त) को घोषणापत्र सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार

27
Share
Featured
  • घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) ले १० वर्षभित्र नेपाललाई पूर्ण ‘उद्यमी राष्ट्र’ बनाउने लक्ष्यसहित चुनावी घोषणापत्र सार्वजनिक गर्‍यो।
  • कृषिमा आश्रित परिवारको मासिक आम्दानी ४०–४५ हजार पुर्‍याउने र ५ वर्षभित्र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त।
  • वन, पर्यटन, खानी र जलस्रोतमा आधारित उद्योग विस्तार, श्रमिकलाई उत्पादनमुखी उद्यममा जोड्ने तथा शिक्षा-स्वास्थ्य र सामाजिक सुरक्षाको पूर्ण प्रत्याभूति सुनिश्चित गर्ने जोड।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले आगामी फागुन २१ को निर्वाचनका लागि ‘विकासको नेपाली बाटो: सुशासन र रोजगारी, समाजवादको तयारी’ नारासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मङ्गलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले १० वर्षभित्र नेपाललाई पूर्ण रूपमा ‘उद्यमी राष्ट्र’ बनाउने महत्त्वाकाङ्क्षी लक्ष्य अघि सारेको हो।

घोषणापत्रमा कृषिमा आश्रित प्रत्येक परिवारको मासिक न्यूनतम आम्दानी ४० देखि ४५ हजार रुपैयाँ पुर्‍याउने र आगामी ५ वर्षभित्र कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता जनाइएको छ। पार्टीले वन, पर्यटन, खानी र जलस्रोतमा आधारित श्रम-सघन उद्योगलाई प्राथमिकता दिँदै साना तथा मझौला उद्यम विस्तार गर्ने नीति लिएको छ।

यस्तै, भूमिहीन किसान, वैदेशिक रोजगारीबाट फर्किएका युवा र असंगठित क्षेत्रका श्रमिकलाई उत्पादनमुखी उद्यममा जोड्ने योजना अघि सारिएको छ। वर्तमान संसदीय व्यवस्था र मौलिक हकको फितलो कार्यान्वयनप्रति टिप्पणी गर्दै नेकपा (संयुक्त) ले निर्वाचनलाई व्यक्ति केन्द्रित नभई नीति केन्द्रित बनाउनुपर्ने र राज्यले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको पूर्ण प्रत्याभूति दिनुपर्नेमा जोड दिएको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...