दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार

24
Share
Featured
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले अनुसन्धानका लागि चार दिन हिरासतमा राख्ने अनुमति पाएको छ।
  • उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुर र अफवाह फैलाएको अभियोगमा सोमबार साँझ भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो।
  • प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ, र प्रसाईं यसअघि पनि पटक–पटक पक्राउ परेर छुट्दै आएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौं प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले प्रहरीलाई अनुसन्धानका लागि उक्त समय उपलब्ध गराएका हुन्।

सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक शान्ति विरुद्धको कसुर र अफवाह फैलाएको अभियोगमा अनुसन्धान गरिरहेको छ। परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंलाई हिरासतमा राखेर यी दुवै कसुरमा विस्तृत अनुसन्धान अघि बढाइनेछ। प्रसाईं यसअघि पनि पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका थिए।

यो समाचारमा

भक्तपुरदुर्गा प्रसाद प्रसाईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...