पैदलयात्रीलाई मुक्का हान्ने कार चालकको खोजीमा प्रहरी

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार

18
Share
Featured
  • काठमाडौं महाराजगञ्जको चप्पल कारखाना अगाडिको सडकमा एक कार चालकले पैदलयात्रीलाई मुक्का हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
  • प्रहरीले कार नम्बर पहिचान गरिसकेको छ र यातायात कार्यालयमार्फत चालकको पहिचान गर्न अनुसन्धान अगाडि बढाइरहेको छ।
  • जिल्ला प्रहरी काठमाडौंले दोषीलाई चाँडै कानुनी दायरामा ल्याउने बताउँदै घटनाको छानबिन तीव्र बनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौंको महाराजगञ्जस्थित चप्पल कारखाना अगाडिको सडकमा एक कार चालकले पैदलयात्रीलाई मुक्का हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको छ। भिडियोमा कारबाट झरेका एक व्यक्तिले पैदलयात्रीलाई गाली गर्दै मुक्का प्रहार गरेको र अर्की एक महिलाले पनि गाली गरेको देखिन्छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार घटनाको अनुसन्धानका क्रममा कारको नम्बर पहिचान भइसकेको छ। प्रहरीले यातायात कार्यालयमार्फत उक्त कार कसको नाममा दर्ता छ भन्ने विवरण संकलन गरी चालकको पहिचान गर्ने कार्य गरिरहेको छ।

"हामीले भिडियो प्राप्त गरिसकेका छौं र कार तथा व्यक्तिको पहिचानका लागि अनुसन्धान अघि बढाइसकेका छौं," एसपी भट्टराईले भने, "दोषीलाई चाँडै कानुनी दायरामा ल्याएर कारबाही गर्छौं।" सडकमै भएको यस्तो अभद्र व्यवहारको सर्वत्र आलोचना भइरहेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...