सञ्चार माध्यमले भ्रामक सूचना फैलाएको भन्दै नेकपाको आपत्ति

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार

19
Share
Featured
  • नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले केही सञ्चार माध्यमले आफ्ना उम्मेदवारविरुद्ध भ्रामक सूचना फैलाएको भन्दै आपत्ति जनाएको छ।
  • नेता अग्निप्रसाद सापकोटाले पत्रकारिताको न्यूनतम मूल्य र निर्वाचन आचारसंहिताको उल्लंघन भइरहेको दाबी गर्दै सञ्चार माध्यमलाई जिम्मेवार बन्न आग्रह गरे।
  • उनले प्रेस काउन्सिल नेपाललाई अनुगमन कडा पार्न र सरकारलाई निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन सचेत गराएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले केही सञ्चार माध्यमहरूले आफ्ना उम्मेदवारविरुद्ध भ्रामक र गलत सूचना फैलाएर पार्टीको अवमूल्यन गरिरहेको भन्दै कडा आपत्ति जनाएको छ। मङ्गलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेता अग्नि सापकोटाले पत्रकारिताको न्यूनतम मूल्य, मान्यता र निर्वाचन आचारसंहिता विपरीतका गतिविधि भइरहेको दाबी गरे।

नेता सापकोटाले सञ्चार माध्यमहरूलाई मर्यादित र जिम्मेवार बन्न आग्रह गर्दै निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्न ध्यानाकर्षण गराए। उनले प्रेस काउन्सिल नेपाललाई सञ्चार क्षेत्रको अनुगमनमा कडाइ गर्न र सरकारलाई निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन सचेत गराएका छन्। "पत्रकारिताको नैतिकता पालना गरी सत्य र तथ्यपरक सूचना मात्र सम्प्रेषण गरिदिन हामी सबै सञ्चार माध्यमलाई आग्रह गर्दछौँ," सापकोटाले भने।

यो समाचारमा

काठमाडौँअग्नि सापकोटानेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...