सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

Author

सजिलो पत्रिका

२०८२ फागुन ०४, सोमबार

31
Share
Featured


आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ कायम भएका कतिपय मतदानस्थल तथा केन्द्रहरू सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरीमा छन् । 

नेपाल–चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएका मतदानस्थलहरू एक सय किलोमिटरभन्दा बढी दूरीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

लोमान्थाङ गाउँपालिकामा छवटा मतदानस्थल छन् । जहाँ दुई हजार ११ जना मतदाता छन् । यहाँका सबै मतदानस्थलमा पुग्न सदरमुकाम जोमसोमदेखि सवारीसाधनमार्फत करिब ६÷७ घण्टा समय लाग्ने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । यहाँ लोमान्थाङ–२ समजुङ मतदानस्थल सारेर सोही वडाको छोसेरस्थित दिव्य माध्यमिक विद्यालय मतदानस्थलमा गाभिएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताउनुभयो । कोरला सडक मार्गसँग जोडिएका मतदानस्थल र शाखा सडकमा रहेका मतदानस्थल सवारीसाधनको सहज पहुँचमा छैनन् ।

त्यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदान केन्द्रहरूको दूरी पनि एक सय किलोमिटर दूरीमा छन् । कोरला सडकअन्तर्गत घिलिङ, घमी, चराङलगायतका मतदानस्थलहरू राष्ट्रिय राजमार्गसँग जोडिएकाले यातायात आउजाउमा सहज भए पनि अन्य मतदानस्थलहरू टाढा रहेकाले त्यहाँ पुग्न जोमसोमदेखि घण्टौँ लाग्ने जनाइएको छ । 

मतगणनास्थलदेखि जोमसोमसम्म मतपेटिका ल्याई पु¥याउन राति १२ बजेसम्म समय लाग्ने बताइएको छ । माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँच वडामा एक हजार ५४२ जना मतदाता छन् । 

त्यसैगरी, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका मतदान केन्द्र तथा मतदानस्थलहरूको दूरी जोमसोमबाट करिब ५० किलोमिटर छ । दुई हजार ८८५ मतदाता यस पालिकामा छन् ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका पाँच स्थानीय तहमा ३९ मतदानस्थल कायम गरिएका छन् । यहाँ कुल ११ हजार ३२८ जना मतदाता कायम रहेको छ । 

यो समाचारमा

लो-घेकर दामोदरकुण्ड गाउँपालिकाबारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकाठमाडौँलोमान्थाङ गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...