राष्ट्रपति रामचन्द्र पौडेलद्वारा महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा पूजाआराधना

Author

सजिलो पत्रिका

२०८२ फागुन ०३, आइतबार

19
Share
Featured

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथ मन्दिरको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आइतबार अपरान्ह् पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् ।

उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए । मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हा सहितका मन्त्रिहरू, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।

यो समाचारमा

काठमाडौँमहाशिवरात्रिपशुपतिनाथ मन्दिररामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...