कृषिमा देखिएका समस्याको समाधान नीतिगत सुधारमार्फत मात्रै सम्भव : भरतराज ढकाल

Author

सजिलो पत्रिका

२०८२ फागुन ०३, आइतबार

36
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका तर्फबाट स्याङग्जा क्षेत्र नम्बर १ का उम्मेद्वार भरत राज ढकालले कृषि क्षेत्रमै व्यापक रोजगारी सिर्जना सम्भव रहेको बताउँदै त्यसका लागि संसदमार्फत नीतिगत सुधार अनिवार्य रहेको बताएका छन् ।

मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष समेत रहेका ढकालले स्याङ्जा सदरमुकाममा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै कुल जनसंख्याको झण्डै ७० प्रतिशत नागरिक कृषि क्षेत्रमा आबद्ध भए पनि मूल्य श्रृङखला स्थापित हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको धारणा राखे ।

‘कृषि नै रोजगारीको आधार हो । हामीले उत्पादनलाई बजारसँग, किसानलाई उद्योगसँग र वित्तीय संस्थालाई कृषि उद्यमसँग जोड्न सके लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ,’ उनले भने ।

बैंकिङ क्षेत्र र कृषि क्षेत्रमा लामो समय काम गरेको अनुभव उल्लेख गर्दै ढकालले कृषिमा देखिएका समस्याको समाधान नीतिगत सुधारमार्फत मात्रै सम्भव हुने बताए । ‘कृषिमा काम गर्दा सरकारले गर्नुपर्ने नीतिगत सुधारका अजेण्डा तयार गरेका छौं । ती एजेण्डा संसदबाट पारित भएमात्रै कृषि क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिन्छ,’ उनको भनाइ थियो ।

ढकालले कृषि क्षेत्रको संस्थागत विकास, मूल्य श्रृङखला सुदृढीकरण र कृषि उद्यम प्रवद्र्धनलाई आफ्नो प्रमुख चुनावी एजेण्डा बनाएको स्पष्ट पारे । उनका अनुसार कृषिलाई व्यवस्थित र व्यवसायिक बनाउन सके उत्पादन वृद्धि मात्र होइन, आयआर्जनका अवसर विस्तार भई परिवार र समाज आर्थिक रूपमा सबल बन्नेछ ।

पछिल्लो समय गाउँबाट बजारतर्फ जनसंख्या सर्ने क्रम बढिरहेको उल्लेख गर्दै उनले कृषि क्षेत्रको समयानुकूल विकास गर्न सके युवाहरू गाउँमै फर्किने वातावरण सिर्जना हुने दाबी गरे ।

ढकालले बैंकिङ क्षेत्रमा हासिल गरेको अनुभवलाई कृषि उद्यम प्रवद्र्धनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै संसदमार्फत कृषि सुधारका कानुनी र नीतिगत पहल अघि बढाउने बताएका छन् ।

यो समाचारमा

नेपाली काँग्रेसस्याङग्जाकाठमाडौँभरत राज ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...