प्रधानमन्त्रीले गरिन् पाथीभरा माताको दर्शन

Author

सजिलो पत्रिका

२०८२ फागुन ०१, शुक्रबार

22
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङ पुगेर पाथीभरा माताको दर्शन तथा पूजाअर्चना गरिन्।
  • उनले फागुनमा हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न होस् भनी कामना गर्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरिन्।
  • दर्शनपछि प्रधानमन्त्रीले मुख्य निर्वाचन अधिकृतको कार्यालय निरीक्षण गरी तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बिहान ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा माताको दर्शन गरेकी छन्। पूर्वी क्षेत्रका हिमाली जिल्लाहरूको भ्रमणका क्रममा ताप्लेजुङ पुगेकी उनले पाथीभरा मन्दिर पुगेर पूजाअर्चना गरेकी हुन्।

दर्शनपछि सामाजिक सञ्जाल फेसबुकमा तस्बिरहरू सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीले आगामी फागुनमा हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न होस् भनी मातासँग कामना गरेको उल्लेख गरेकी छन्। "फागुन निर्वाचनको महिना भएकाले पाथीभरा मातासँग शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु," उनले लेखेकी छन्।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार पाथीभरा दर्शनपछि प्रधानमन्त्री कार्कीले जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। उनले त्यहाँ निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिनेछिन्।


यो समाचारमा

सुशीला कार्कीकाठमाडौँताप्लेजुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...