भारतद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि २२३ सवारी साधन हस्तान्तरण

Author

सजिलो पत्रिका

२०८२ माघ २९, बिहिबार

21
Share
Featured

काठमाडौँ

भारत सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल सरकारलाई तेस्रो चरणअन्तर्गत २२३ वटा सवारी साधन हस्तान्तरण गरेको छ ।

बिहीबार आयोजित कार्यक्रममा भारत सरकारले उक्त सवारी साधन नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार निर्वाचन प्रयोजनका लागि सवारी साधन हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत यो तेस्रो लट हो।
उनका अनुसार पहिलो लटमा ६१ वटा, दोस्रो लटमा २५४ वटा र तेस्रो लटमा २२३ वटा गाडी हस्तान्तरण गरिएको छ ।

आज हस्तान्तरण गरिएका सवारी साधनमध्ये ५० वटा गाडी नेपाली सेनाका लागि रहेका छन्।

भारत सरकारले यी सवारी साधन अनुदान स्वरूप उपलब्ध गराएको हो। साथै, निर्वाचन सुरक्षासम्बन्धी प्रहरीका केही सामाग्रीहरू आइसकेका छन् भने बाँकी सामग्री आउने क्रम जारी रहेको सहसचिव काफ्लेले जानकारी दिए।

उक्त सवारी साधनहरू मूलतः सुरक्षा निकाय तथा निर्वाचनसँग सम्बन्धित निकायहरूलाई क्रमशः हस्तान्तरण गरिने जनाइएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...