झापा–५ को चुनावी इपीसेन्टरमा स्थलगत रिर्पोटिङ : के भन्छन मतदाता ?

Author

सजिलो पत्रिका

२०८२ माघ २९, बिहिबार ०९:५२

25
Share
Featured

काठमाडौँ

अहिले देशभर चुनावको सरगर्मी बढेको छ । जेनजी आन्दोलनपछि पुराना दलहरु प्रति नेपाली जनताहरुको आक्रोस बढेको छ । सोही कारण देशैभर रास्वपा लगायत नयाँ दलहरुप्रतिको जनलहर व्यापक रुपमा बढेको देखिएको छ ।

यद्यपी, पुराना प्रमुख राजनीतिक दलहरू एमाले, कांग्रेस र माओवादी केन्द्र सत्ता हात पार्ने लक्ष्यसहित गाउँघरमा घरदैलो कार्यक्रममा सक्रिय देखिएका छन् । यसैबीच, झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ यतिबेला चुनावी इपीसेन्टरका रुपमा चर्चाको शिखरमा रहेको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएपछि झापा ५ ले सबैको ध्यान केन्द्रित गरेको हो ।

नेपाल न्यूज बैंकको टोलीले झापा जिल्लाको गौरीगन्ज गाउँपालिका, कमल गाउँपालिका र गौरादहका विभिन्न स्थानमा गरेको स्थलगत रिर्पोटिङ गरेको छ । यस रिर्पोटिङका क्रममा त्यहाँका केही मतदाता कसलाई मतदान गर्ने भन्नेमा अन्योल देखिए पनि अधिकांश स्थानीय बासिन्दाले भने पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति भरोसा व्यक्त गरेको पाइएको छ ।

स्थानियहरूले ओलीलाई विकासवादी नेताका रूपमा चिन्ने बताएका छन् । उनिहरुकाअनुसार झापा–५ मा सडक, शिक्षा, स्वास्थ्य, विद्युत् तथा यातायातजस्ता आधारभूत पूर्वाधारको विकासमा केपी शर्मा ओलीको महत्वपूर्ण योगदान रहेको छ ।

एक कार्यक्रममा बोल्दै स्थानीय बासिन्दा रीता देवी गिरीले केपी शर्मा ओलीले झापालाई “एक युगबाट अर्को युगमा पु¥याएको” बताइन् । उनले यातायात सुविधामा आएको परिवर्तन उदाहरण दिँदै भनिन्, “पहिला विराटनगर जान पाँच सय रुपैयाँसम्म खर्चिनुपथ्र्यो, अहिले ५० रुपैयाँमै जान सकिन्छ ।” उनले सेवा सुविधा विस्तारमा ओलीको भूमिका स्मरण गर्दै अनुभवी र आफ्नै क्षेत्र बुझ्ने नेताको आवश्यकता औँल्याइन् ।

त्यस्तै, अर्का स्थानीय सुधिर कुमार शाह केपी शर्मा ओलीको जितप्रति ढुक्क देखिन्छन । उनले भने, “आँधीहुरी जस्तो कुरा क्षणिक हुन्छ, तर स्थायी काम गर्ने नेताको मूल्य समयसँगै देखिन्छ ।” उनका अनुसार ओलीले तीन कार्यकालमा धेरै महत्वपूर्ण काम गरेका छन्, यद्यपि कहिलेकाहीँ कमजोरी हुनसक्ने उनले स्वीकार गरे ।
मतदाता आनन्दी ठाकुर पनि केपी शर्मा ओलीप्रति आफ्नो विश्वास अटुट रहेको बताउँछिन् । “भोट हाल्न सुरु गरेदेखि नै मैले सूर्य चिन्हमै मतदान गर्दै आएकी छु,” उनले भनिन् । युवापुस्ताको आगमन सकारात्मक भए पनि अनुभवी र सिकिसकेको नेतृत्वलाई निरन्तरता दिनु विकासका लागि आवश्यक रहेको उनको धारणा छ ।
केपी शर्मा ओली स्वयंले पनि जनतासँग संवाद गर्दै शिक्षा र सामाजिक विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन ्। उनले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै, “छोराछोरीलाई पढायौँ भने गरिबी आफैं हटेर जान्छ,” भन्ने धारणा व्यक्त गरे । सामान्य तर निरन्तर प्रयासबाट देश विकासको बलियो जग बसाल्न सकिने उनले बताए ।

ओलीले अफवाह र हल्लाको पछि नलाग्न आग्रह गर्दै, “हामी आफैं राम्रो संगत गरौँ, आफैं राम्रो काम गरौँ,” भन्दै जनतालाई सचेत गराएका छन् ।

झापा–५ मा देखिएको जनसमर्थन र स्थानीयको अनुभूति हेर्दा, केपी शर्मा ओलीलाई अनुभवी, विकासमुखी र भरोसायोग्य नेताका रूपमा लिने मतदाताको संख्या उल्लेख्य देखिन्छ ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#केपी शर्मा ओली#नेकपा एमाले#काठमाडौं महानगरपालिका#पूर्वप्रधानमन्त्री#नेकपा (माओवादी)#नेकपा माओवादी केन्द्र#कांग्रेस#नेकपा (एमाले)#चुनाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    sajilo patrika

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    घण्टीको गर्जन र ’बालेन’ लहरः पुराना दलको ’साम्राज्य’ अन्त्य भएकै हो ?

    खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू