नागार्जुनमा रास्वपा उपसभापति अर्यालको घरदैलो, स्थानीय संरचना विस्तारमा जोड

Author

सजिलो पत्रिका

२०८२ माघ २८, बुधबार

27
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले आसन्न राजनीतिक गतिविधि र संगठन सुदृढीकरणलाई लक्षित गर्दै नागार्जुन नगरपालिकामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

बुधबार विहान ७ बजे नागार्जुन वडा नम्बर १० को गन्तव्य गेटबाट सुरु भएको कार्यक्रम कमलेश्वर मन्दिर दर्शनसँगै अघि बढेको थियो । त्यसक्रममा अमरज्योति स्कुल, स्थानीय दूध डेरी, रामसर (दोबाटो), सिउडोल क्षेत्र, घ्याम्पेकुवा, तारकेश्वर खानेपानी, गजुरेल टोल र पार्टीचोक हुँदै वडा नम्बर ९ को आदर्श टोलमा पुगेर अभियान समापन गरिएको थियो ।

घरदैलोका क्रममा अर्यालले स्थानीय मतदातासँग भेटघाट गर्दै पार्टीका एजेन्डा, सुशासन र सेवा प्रवाहका विषयमा छलफल गरेका थिए । रास्वपाले यस कार्यक्रमलाई आगामी निर्वाचन लक्षित संगठन विस्तार र मतदाता सम्पर्क अभियानको हिस्साका रूपमा लिएको जनाएको छ ।

यसै अवसरमा अर्यालले बुढाथोकी गाउँमा नागार्जुन वडा नम्बर ९ र १० को संयुक्त वडा सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । पार्टीले स्थानीय तहमा संगठनात्मक उपस्थिति बलियो बनाउने रणनीतिअनुसार सम्पर्क कार्यालय विस्तारलाई तीव्रता दिएको बताइएको छ ।

यो समाचारमा

नागार्जुन नगरपालिकाकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...