आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ माघ २७, मङ्गलबार

27
Share
Featured
  • आर्थिक सुधार र समाजवाद: आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्दै स्थानीय तहबाट समाजवादको अभ्यास र नेपाली विशेषतामा आधारित समाजवादी मार्ग अवलम्बन।
  • सुशासन र सेवा प्रवाह: लोकतान्त्रिक शासन सुदृढ गर्दै सुशासन, पारदर्शिता र मितव्ययितालाई विकासको आधार बनाइ जनताको घरदैलोसम्म गुणस्तरीय सेवा।
  • शिक्षा, स्वास्थ्य र रोजगारी: शिक्षा–स्वास्थ्यमा पूर्वाधार विकास, उद्यमशीलता प्रवद्र्धन र गाउँ–सहरमा रोजगारी सिर्जना गर्ने प्राथमिकता।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधार, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आर्थिक सुधारको नयाँ चरणमा मुलुक प्रवेश गराउन आवश्यक नीति तथा कार्यक्रम अघि सारिएको बताए ।

प्रतिबद्धता पत्रमा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण, स्थानीय तह र समुदायबाट समाजवादको अभ्यास, तथा नेपाली विशेषतामा आधारित समाजवादलाई सामाजिक क्रान्तिको मूल बाटोका रूपमा अगाडि बढाइने उल्लेख गरिएको छ । साथै भाषिक विभेदको अन्त्य गर्दै बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ बनाउँदै जनताको घरदैलोसम्म गुणस्तरीय सेवा प्रवाह गर्ने, सुशासन, पारदर्शिता र मितव्ययितालाई आर्थिक विकास र समृद्धिको आधार बनाइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय पूर्वाधार विकास, उद्यमशीलता प्रवद्र्धन, उद्यमी परिवार निर्माण तथा गाउँ–सहरका घर–घरमा रोजगारी सिर्जना गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकताका रूपमा समेटिएको छ ।

यो समाचारमा

पुष्पकमल दाहालकाठमाडौँनेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...