नेताले बोलेको पूरा नगरे जनताले सजाय दिनुपर्छ : रवि लामिछाने

Author

सजिलो पत्रिका

२०८२ माघ २४, शनिबार

30
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेताले बोलेको कुरा तोकिएको समयमा पूरा नगरे जनताले सजाय दिनुपर्ने बताएका छन् ।

चितवनस्थित पोखरा बसको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले नेताहरूले प्रतिबद्धता पूरा नगरी हाँसेर हिड्न नपाउने स्पष्ट पारेका हुन् ।

‘भनेको कुरा पुरा नगर्दा, भाका पुरा नगर्दा जनताले अन्य क्षेत्रमा सजाए पाउने । नेताले बोल्दो हिड्दो सकियो पूरा नगरी यतिकै हासेर हिड्न पाइन्छ, पाइन्न् ।’ उनले भने ।

आगामी निर्वाचनलाई लक्षित गर्दै लामिछानेले यसपटक पार्टीले नागरिकसँग प्रत्यक्ष करार गरेर अघि बढ्न लागेको बताए । पार्टी सभापतिको हैसियतले देशका विभिन्न भागमा पुग्नुपर्ने दायित्व रहेकाले चितवन क्षेत्र नं. २ को चुनावी अभियानमा नागरिकलाई आफ्नो प्रतिनिधिका रूपमा काम गर्न आग्रह गरे ।

‘यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ,’ उनले भने, ‘तपाईंहरू मेरो प्रतिनिधि भएर वरपरका घर–घरमा पुगिदिनुहोस्, त्यसले मलाई देशका दुर्गम ठाउँमा पुग्ने अवसर दिन्छ ।’

लामिछानेले रास्वपाले कम्तीमा पनि एकल बहुमतको सरकार गठन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै पाँच वर्षको स्थिर सरकार देशको आवश्यकता रहेको बताए ।

‘यस पटक हामीले कम्तिमा पनि एकल बहुमतको सरकार चलाउनुपर्ने हुन्छ । ५ वर्षको स्थायी सरकार यो देशले पाउँछ । त्यसपछि ५ वर्षको कामले बोल्छ हामीले बोल्न पर्दैन,’ उनको भनाइ थियो ।

उनले मतदातासँग अरू कुनै माग नरहेको भन्दै आफ्नो विवेक र विचारको जिम्मा स्वयं नागरिकलाई सुम्पिएको बताए ।
‘यसका लागि हामी तपाईका विवेकलाई जिम्मा लगाउदै छौ । तपाईको विचारलाई जिम्मा लगाउँदै छौं ।’ उनले भने ।

यो समाचारमा

रवि लामिछानेचितवनराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...