झापा यसपटक पूर्ण रूपमा एमालेमय हुन्छ-केपी शर्मा ओली

Author

सजिलो पत्रिका

२०८२ माघ २३, शुक्रबार

24
Share
Featured
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपटकको निर्वाचनमा झापा पूर्ण रूपमा एमालेमय हुने दाबी गरे।
  • युवापुस्ता एमालेको पक्षमा सक्रिय रूपमा लागेकाले पार्टी थप मजबुत बन्ने विश्वास उनले व्यक्त गरे।
  • चन्द्रगढी विमानस्थलमा उनलाई कोशी प्रदेशका शीर्ष नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले यसपटकको निर्वाचनमा झापा जिल्ला पूर्ण रूपमा 'एमालेमय' हुने दाबी गरेका छन्। शुक्रबार आफ्नो गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले झापालाई ‘सूर्यमय’ बनाउन नेता तथा कार्यकर्ताहरूलाई सक्रिय हुन आग्रह गरे।

अध्यक्ष ओलीले पछिल्लो समय युवापुस्ता एमालेको पक्षमा जनमत निर्माण गर्न उत्साहजनक रूपमा लागिपरेको बताउँदै यसले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

उनलाई विमानस्थलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वसभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाल लगायतका शीर्ष नेता र कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओलीझापाकाठमाडौँ
देवराज घिमिरे4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...