अन्तिम अभ्यास खेलमा क्यानडामाथि नेपालको ६ विकेटको जित

Author

सजिलो पत्रिका

२०८२ माघ २२, बिहिबार

24
Share
Featured
  • टी–२० विश्वकपअघि अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गर्दै १६२ रनको लक्ष्य १८ ओभरमै पूरा गर्‍यो।
  • आसिफ शेख (५८) र सन्दीप जोरा (४४) ले उत्कृष्ट ब्याटिङ गरे, बलिङमा सन्दीप लामिछाने र कुशल भुर्तेलले २–२ विकेट लिए।
  • लगातार दुई अभ्यास जितपछि नेपाली टोली विश्वकपका लागि मुम्बई प्रस्थान गर्दै आइतबार इंग्ल्याण्डसँग पहिलो खेल खेल्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ। चेन्नईमा बिहीबार भएको खेलमा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा आसिफ शेखले ५८ (रिटायर्ड आउट) र सन्दीप जोराले ४४ रनको उत्कृष्ट योगदान दिए। बलिङतर्फ सन्दीप लामिछाने र कुशल भुर्तेलले २–२ विकेट लिए भने नन्दन यादव र सोमपाल कामीले १–१ विकेट झारे। यसअघि पहिलो अभ्यास खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो।

लगातार दुई जितसँगै नेपाली टोली अब विश्वकपका लागि मुम्बई प्रस्थान गर्नेछ। नेपालले विश्वकपको आफ्नो पहिलो खेल आगामी आइतबार इंग्ल्याण्डविरुद्ध खेल्ने तालिका छ।

यो समाचारमा

सोमपाल कामीनेपालकाठमाडौँसन्दीप लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...