मन्त्रालयलाई श्रमिकमैत्री बनाउन आत्मसमिक्षा आवश्यक -मन्त्री भण्डारी

Author

सजिलो पत्रिका

२०८२ माघ २०, मङ्गलबार

22
Share
Featured
  • मन्त्री भण्डारीले मन्त्रालयलाई श्रमिकमैत्री बनाउन आत्मसमिक्षा गर्दै समस्यालाई तीन तहमा वर्गीकरण गरी समाधान गर्नुपर्ने बताए।
  • कर्मचारी सरुवा–बढुवाजस्ता प्रशासनिक विषय मन्त्रालय/बोर्डमै समाधान गर्न निर्देशन दिँदै ऐन–नियमको नाममा बनेका सिन्डिकेटको आलोचना गरे।
  • वैदेशिक रोजगार ऐनको कार्यविधि प्रभावकारी प्रयोग गरे धेरै अवरोध हट्ने र व्यवहारमै श्रमिकमैत्री बन्नुपर्नेमा जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारीले मन्त्रालयलाई श्रमिकमैत्री बनाउन आत्मसमिक्षा आवश्यक रहेको बताएका छन्। मंगलबार श्रम मन्त्रालय र अन्तर्गतका निकायहरुको आ.व. २०८२।०८३ को अर्ध वार्षिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै उनले मन्त्रालयभित्र देखिएका समस्या र सुधारका विषयलाई तीन तहमा वर्गीकरण गरेर समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले मन्त्रालयभित्रै प्रशासनिक तहबाट समाधान गर्न सकिने विषयहरू जस्तै कर्मचारी सरुवा, बढुवा लगायतका मुद्दा सम्बन्धित सचिव वा बोर्ड अध्यक्षमार्फत समाधानका लागि अघि बढाउन निर्देशन दिए ।

ती तहबाट समाधान हुन नसकेमा माथिल्लो निकायमा पठाउन सकिने उनले बताए ।

‘यही मन्त्रालयभित्रकै एक्टिीमिस्टीभ कोणबाटै हल गर्नुपर्ने कुरा के हुन् ? त्यसलाई सचिवकहाँ पठाइदिनुहोला । कर्मचारीका सरुवा, बढुवा आदी बोर्डको अध्यक्षले हल गर्न सक्नुहुनेछ । उहाँले हल गर्न सक्नुभएन भने त्यो भन्दा अलि माथि पठाउने हो,’ उनले भने ।

मन्त्री भण्डारीले दोस्रो तहको समस्याका रूपमा ऐन, नियम र कार्यविधिका नाममा बदनियतपूर्ण ढंगले सिन्डिकेट सिर्जना गरिएको उल्लेख गरे।

‘धेरैजसो कार्यविधी सेवाग्राही र श्रमिकलाई दुःख दिने गरी बनाइएको सत्य हो,’ उनले भने, ‘हामी आफूलाई श्रमिकमैत्री भन्छौं तर व्यवहारमा त्यो देखिएको छैन, आत्मसमिक्षा आवश्यक छ।’

उनले वैदेशिक रोजगार ऐन अन्तर्गतको नियमावलीको नियम ५२ को उपनियम (२) को ख र (३) मा उल्लेख गरिएको कार्यविधीको प्रभावकारी प्रयोगबाट धेरै अवरोध फुकाउन सकिने बताए ।

‘वैदेशिक रोजगार ऐन अन्तर्गत नियमावलीको नियम ५२ को ३ वा २ को ख मा भएको व्यवस्थामा कार्यविधी भन्ने छ । त्यो कार्यविधी प्रयोग गरेर धेरै बाधा अर्चनहरु फुकाउन सकिन्छ भन्ने छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले आफू मन्त्री भएपछि एक हप्ताभित्रै मेडिकल सम्बन्धी निर्णय गर्दा मन्त्री पद कति शक्तिशाली रहेछ भन्ने अनुभूति भएको समेत उल्लेख गरे।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...