राष्ट्रिय आर्थिक गणना २०८२ बारे उद्योग वाणिज्य महासंघमा अन्तरक्रिया

Author

सजिलो पत्रिका

२०८२ माघ १९, सोमबार

42
Share
Featured
  • नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गरेका छन्।
  • गणनाले देशको वास्तविक आर्थिक अवस्था, उद्योग–व्यवसाय, लगानी र रोजगारीसम्बन्धी यथार्थ तथ्याङ्क उपलब्ध गराउने बताइएको छ।
  • निजी क्षेत्रको सक्रिय सहभागिता र तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्दै प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन सम्बन्धमा उद्योगी व्यवसायीहरुसँग सोमबार महासंघको सचिवालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रियामा सहभागी उद्योगी व्यवसायीहरुले राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । नेपालभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्ने उद्धेश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन गर्न लागेको हो ।

अन्तरक्रिया कार्यक्रम महासंघका उपाध्यक्ष हेमराज ढकालले राष्ट्रिय आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था, उद्योग–व्यवसायको अवस्था, लगानीको प्रवृत्ति तथा रोजगारीको यथार्थ तथ्याङ्क उपलब्ध गराउने बताउँदै नीति निर्माणमा यसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले निजी क्षेत्रको सक्रिय सहभागिता बिना गणना सफल हुन नसक्ने भन्दै सबै आवश्यक सहयोग र सहकार्यका लागि महासंघ तयार रहेको बताए ।

त्यस्तै, तथ्याङ्क कार्यालयका सहसचिव ढुण्डिराज लामिछानेले राष्ट्रिय आर्थिक गणना २०८२ ले औद्योगिक, व्यापारिक तथा सेवा क्षेत्रको विस्तृत तथ्याङ्क संकलन गरी प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने बताए । उनले तथ्याङ्कको गोपनीयता सुनिश्चित गरिने स्पष्ट पार्दै व्यवसायीहरूले ढुक्क भएर आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरे ।

नेपालमा वि.सं. २०७५ मा प्रथम पटक राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणमा उल्लेखित विभिन्न १८ वटा समूहका आर्थिक एकाईहरू एकै पटक समेटिनेगरि आर्थिक गणना सम्पन्न गरेको थियो । राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणना २०८३ वैशाख २ असार ७ गतेसम्म सञ्चालन गर्न लागेको हो ।

कार्यक्रममा तथ्याङ्क कार्यालयका निर्देशक डा. वेद प्रसाद ढकालले राष्ट्रिय आर्थिक गणना २०८२ को आवश्यकता, उद्देश्य र यसको महत्वबारे प्रस्तुतिकरण गरेका थिए । अन्तरक्रिया कार्यक्रम सहभागी सरोकारवालाहरूले राष्ट्रिय आर्थिक गणनाको प्रभावकारिता, निजी क्षेत्रको सहभागिता, गणना प्रक्रियामा देखिन सक्ने चुनौती तथा सुधारका उपायबारे आ–आफ्ना धारणा राखेका थिए ।

यो समाचारमा

काठमाडौँनेपाल उद्योग वाणिज्य महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...