प्रहरीको अनुहार र व्यवहारमा नागरिकले आफ्नो सरकार देख्छनः प्रधामन्त्री कार्की

Author

सजिलो पत्रिका

२०८२ माघ १९, सोमबार

30
Share
Featured
  • प्रधानमन्त्री सुशिला कार्कीले नागरिकले सरकारलाई प्रहरीको अनुहार र व्यवहारबाट मूल्यांकन गर्ने बताउँदै कानूनभन्दा माथि कोही नहुने कुरामा जोड दिइन्।
  • उनले निष्पक्ष, इमान्दार र व्यवसायिक अनुसन्धानबाट मात्रै कानूनको सही कार्यान्वयन सम्भव हुने उल्लेख गरिन्।
  • गृहमन्त्री ओम प्रकाश अर्यालले सपथका शब्दले प्रहरीलाई सधैं जिम्मेवारीबोध गराउने विश्वास व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले नागरिकले आफ्नो सरकार प्रहरीको अनुहार र व्यवहारमा देख्ने बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३ औं समूहको सपथ ग्रहण समारोहमा उनले प्रहरीहरुको निर्णय र आचरणले राज्यप्रतिको धारणा जनताले बनाउने भन्दै सबै जनाले कानूनभन्दा माथि कोही पनि नहुने कुरा सधैँ सम्झिनु पर्ने बताईन् ।

उनले भनिन,‘नागरिकले आफ्नो सरकार तपाईंहरुको अनुहार र व्यवहारमा देख्नेछन् । तपाईको निर्णय र आचरणले राज्यप्रतिको धारणा जनताले बनाउने छन् । त्यसैले तपाईहरुले सधैँ सम्झिनु होला कानूनभन्दा माथि कोही पनि छैन् तर कानून कार्यान्वयन गर्ने जिम्मा पाएका अधिकृतहरुमा शिष्टचार र मानवताको धारणा पनि हुनुपर्छ । न्यायको यात्राको प्रथम ढोका नै तपाईहरु हो ।’

यस्तै, उनले अनुसन्धान निष्पक्ष, इमान्दार र व्यवसायिक भयो भने मात्र कानूनको सहि कार्यान्वयन सम्भव हुने भन्दै यो कुरा न्यायपालिकामा लामो समय सेवा गर्ने क्रममा नजिकबाट देखेको बताईन् ।

उनले भनिन्, ‘न्यायपालिकामा लामो समय सेवा गर्ने क्रममा मैले नजिकबाट देखेको छु । कानूनको सहि कार्यान्वयन तब मात्र सम्भव हुन्छ जब अनुसन्धान निष्पक्ष, इमान्दार र व्यवसायिक हुन्छ ।’

सोही क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले आज लिएको सपथका शब्दहरुलेसधैँ जिम्मेवारी बोध गराइ रहने विश्वास व्यक्त गरेका छन् ।

अनुशासित संगठनको सदस्यको रुपमा पालना गर्नुपर्ने आचरण, व्यवहार, शिक्षा, कला र कौशल सबै प्राप्त गरेर सपथ ग्रहणको तहसम्म पुगेको पनि उनको भनाई छ ।

उनले भने, ‘आज तपाईहरुले लिनु भएका सपथका शब्दहरुले तपाईहरुलाई सधैँ जिम्मेवारी बोध गराइ रहने छ भन्ने विश्वास लिएको छु । सपथका शब्द र मर्म तपाईहरुको व्यवहार मार्फत सार्थक बनोस, अनुशासित संगठनको सदस्यको रुपमा पालना गर्नुपर्ने आचरण व्यवहार शिक्षा कला र कौशल तपाईहरुले प्राप्त गरि सक्नु भएको छ ।’

यो समाचारमा

काठमाडौँओमप्रकाश अर्यालसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...