पूर्वराजदूत डा.कार्की चुनावी मैदानमा : सात बुँदे प्रतिवद्धता पत्र लिएर मतदाता भेट्दै

Author

सजिलो पत्रिका

२०८२ माघ १९, सोमबार

42
Share
Featured


आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट सङ्खुवासभाका उम्मेदवार पूर्वराजदूत डा. अर्जुन कुमार कार्कीले मतदाता एवम् कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् ।

हालै चैनपुरमा मतदातासँग भेटघाट गर्दै जिल्लाको विकासका लागि आफूले स्पष्ट खाका तयार गरेको र विगतमा भएका उपलब्धिहरुबारे मतदाताहरुलाई बुझाउन थालेको उनले बताए । उनले एमाले चैनपुर नगर कमिटीको निर्वाचन केन्द्रित विस्तारित बैठकबाट ५०१ सदस्यीय चुनाव परिचालन कमिटी गठन गरिएको पनि जानकारी दिए ।

जिल्लामा अन्य राजनीतिक दलहरुले पनि शान्तिपूर्ण रुपमा चुनावी गतिविधि अगाडि बढाएको जानकारी दिंदै उनले जिल्लामा एमालेले आफ्नो विरासत कायम राख्नेगरी तयारी गरिरहेको बताए ।

‘समुन्नत सङ्खुवासभा, समृद्ध नेपाल’ नारासहितको प्रतिबद्धता पत्र जारी गर्दै डा.कार्कीले संखुवासभाकै माटोमा जन्मिएर, हुर्किएर, देश विदेशसम्म विभिन्न जिम्मेवारीमा पुगेर फेरि आफ्नै गाउँठाउँ र जिल्लाको विकास गर्ने हुटहुटी लिएर प्रत्यक्ष राजनीतिमा प्रवेश गरेको पनि उल्लेख गरेका छन् ।

जिल्लाको शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, पूर्वाधार लगायत समग्र विकासको खाकासहित निर्वाचनको मैदानमा उभिएको पनि उनले जानकारी दिए । सङ्खुवासभावासीको विकास र रुपान्तरणको आकांक्षालाई संघीय संसदमा घन्काउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेको सम्पर्क र संजाललाई जिल्लाको विकासमा परिचालित गर्ने संकल्प आफूले लिएको पनि उनले जनाए ।

को हुन् डा.अर्जुन कार्की

संखुवासभामा जन्मे हुर्केका डा अर्जुन कुमार कार्की नेपालका अनुभवी राजनीतिक नेता, कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ता हुन् । उनले तीन दशकभन्दा बढी समयदेखि गरिबी निवारण, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार र दिगो विकासका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

संखुवासभाका गौरवको रुपमा पनि हेरिने डा कार्कीले नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिका तथा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका विभिन्न देशहरूमा राजदूतका रूपमा सेवा गर्दै नेपालको सार्वभौमिकता, कूटनीतिक सम्बन्ध र राष्ट्रिय हित प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएका छन् । साथै उनले राष्ट्रिय विकास परिषद्को सदस्यका रूपमा नेपालको दीर्घकालीन विकास नीति, योजना तथा राष्ट्रिय प्राथमिकता निर्धारण प्रक्रियामा प्रत्यक्ष संलग्न रहदै आफ्नो जन्म थलो संखुवासभासमेत मुलुकका विभिन्न जिल्ला र क्षेत्रहरुमा योगदान गर्दै आएका छन् ।

उनी सन् २००६ मा नेपालमा लोकतन्त्र पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय स्तरमा सक्रिय पैरवी गर्ने प्रमुख व्यक्तित्वहरूमध्ये एक हुनुहुन्छ । निरंकुश शासनविरुद्धको आन्दोलनमा उनले अन्तरराष्ट्रिय समुदायसँग समन्वय गर्दै लोकतान्त्रिक मूल्य र संवैधानिक शासन पुनःस्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

संयुक्त राष्ट्रसंघ, विश्व बैंक, युरोपियन युनियन लगायतका बहुपक्षीय मञ्चहरूमा अल्पविकसित तथा विकासशील देशहरूको पक्षमा स्पष्ट र दृढ नेतृत्व प्रदान गरेका डा कार्की अब संखुवासभाका जनताको विकास र समृद्धिको चाहना नेपाल को संघीय संसदमा गुञ्जाउन चाहन्छन् । ‘म बाँकी जीवन आफु जन्मिएको थलो र मुलुकको विकासका लागि समर्पण गर्न चाहन्छु ।’ उनले भने ।

यो समाचारमा

डा. अर्जुन कुमार कार्कीकाठमाडौँसङ्खुवासभानेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...