म पुराना नेताको भिडमा छैन, फरक छु भनेर प्रमाणित गर्छु-प्रचण्ड

Author

सजिलो पत्रिका

२०८२ माघ १८, आइतबार

28
Share
Featured
  • प्रचण्डले आफू इतिहासमा खलनायक बनेर हराउन नचाहेको र सत्ता भागबन्डामा रमाउने पुराना नेताबाट अलग रहेको दाबी गरे।
  • युवाको माग र आफ्नो एजेन्डा एउटै भएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आवश्यक रहेको बताए।
  • सामाजिक सञ्जालका भ्रमबाट सचेत रहन आग्रह गर्दै आफू भोट माग्न नभई स्वतन्त्र चिन्तनका लागि आएको उल्लेख गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू इतिहासमा खलनायक बनेर हराउन नचाहेको बताएका छन्।

आइतबार फेसबुकमा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई सत्ता भागबन्डामा रमाउने पुराना नेताहरूको समूहबाट अलग रहेको दाबी गरे। "मेरो काम र निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ," उनले भने।

उनले युवाहरूको माग र आफ्नो एजेन्डा एउटै भएको बताउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले मात्र देशमा स्थिरता र विकास ल्याउने धारणा राखे। "हरेक चम्किलो चिज हिरा हुँदैन, सामाजिक सञ्जालका भ्रमले बहकाउन सक्छ। म स्वतन्त्र चिन्तनका लागि अपिल गर्न आएको हुँ, भोट माग्न होइन," प्रचण्डले भने।


यो समाचारमा

पुष्पकमल दाहालकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (माओवादी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    काठमाडौं । सरकारका सचिवहरुको बैठकले शासकीय सुधारको एकसय कार्यसूचीअन्तर्गत सम्पन्न भएका सुशासन प्रवद्र्धन, सेवाप्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तता दिने निर्णय गरेको छ ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिव बैठकले कार्यसूचीमा उल्लेखित बुँदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र

    Data is loading...

    Loading brands...

    Loading footer...