आगामी निर्वाचनमा रसुवाबाट पार्टीका उम्मेदवारलाई जिताउनु न्यायसंगत हुन्छ : कुलमान घिसिङ

Author

सजिलो पत्रिका

२०८२ माघ १७, शनिबार

24
Share
Featured
  • उनेपा अध्यक्ष कुलमान घिसिङले रसुवालाई आफ्नो कर्मथलो र रामेछापलाई जन्मथलो बताउँदै रसुवाबाट पार्टी उम्मेदवार जित्नु न्यायसंगत हुने बताए।
  • रसुवाबाट जनप्रतिनिधिहरू पार्टीमा प्रवेश गर्दै जनविश्वास बढेको उनको दाबी छ।
  • चिलिमे जलविद्युत् आयोजनामा काम गर्दा स्थानीयलाई १०% सेयर सुनिश्चित गर्ने कानुनी व्यवस्था गरेको उनले उल्लेख गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले रसुवासँग आफ्नो गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा रसुवाबाट पार्टीका उम्मेदवारलाई जिताउनु न्यायसंगत हुने बताएका छन् ।

शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले रसुवा र रामेछाप आफ्नो जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका जिल्ला भएको बताए । उनले रामेछापलाई जन्मथलो र रसुवालाई कर्मथलोका रूपमा व्याख्या गर्दै रसुवाले नै आफूलाई ‘कुलमान घिसिङ’ भनेर चिनाएको स्पष्ट पारे ।

‘रसुवासँग मेरो धेरै कुरा जोडिएको छ । कुलमान घिसिङको पार्टी उज्यालो नेपाल पार्टीका उम्मेदवारलाई रसुवामा जिताउनु भएन भने त्यो न्याय हुँदैन,’ उनले भने, ‘रामेछाप मेरो जन्मथलो हो भने रसुवा मेरो कर्मथलो हो । म आज जहाँ छु, त्यसको आधार रसुवाले नै तयार पारेको हो ।’

अध्यक्ष घिसिङले रसुवाका धेरै जनप्रतिनिधिहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकोप्रति खुशी व्यक्त गर्दै पार्टीप्रति जनताको विश्वास बढ्दै गएको दाबी गरे । उनले रसुवा जिल्ला आफूलाई लामो समयदेखि आत्मीय रूपमा जोडिएको जिल्ला भएको पनि बताए ।

कार्यक्रममा उनले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुखको भूमिकामा चार वर्ष काम गर्दा थुप्रै उपलब्धि हासिल भएको उल्लेख गरे । सो अवधिमा विभिन्न जलविद्युत् परियोजनाको सुरुवात र सम्पन्न गरिएको बताउँदै स्थानीय जनतालाई १० प्रतिशत सेयर दिनुपर्ने व्यवस्था नेपालमै पहिलो पटक कानुनी रूपमा सुनिश्चित गरिएको दाबी गरे ।

उनले भने, ‘रसुवा जिल्ला म सँग धेरै समयदेखि र आत्मिय रुपमा जोडिएको जिल्ला हो । रसुवाको चिलिमे जलविद्युत् आयोजनामा प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुखको भूमिकामा चार वर्षमा धेरै काम गरे । धेरै हाइड्रो पावर प्रोजेक्टहरुको सुरुवात गरे, सम्पन्न गरे । त्यहाँको जनतालाई १० प्रतिशत सेयर दिनुपर्छ भनेर नेपालमा पहिलो चोटी कानुन बनाएको पनि हामीले नै हो ।’

यो समाचारमा

उज्यालो नेपाल पार्टीरसुवाकाठमाडौँकुलमान घिसिङ
रामेछाप4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...