राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै

Author

सजिलो पत्रिका

२०८२ माघ १५, बिहिबार

26
Share
Featured


राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।

आज बिहिबार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरेर दुई समितिको बैठक बस्न लागेको हो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ को वारेमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक विहान ११ः३० बजे बस्ने तय भएको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा नालापानी युद्धमा सुवेदार श्री दयाराम खड्काको योगदान सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहानको १०ः१५ बजे तय भएको छ ।

उक्त बैठकमा राष्ट्रिय सभाका उपाध्यक्ष, विधायन व्यवस्थापन समितिका सभापति र इतिहासविद् प्रा.डा. श्रीराम प्रसाद उपाध्यायलाई आमन्त्रित पनि गरिएको छ ।

यो समाचारमा

राष्ट्रिय सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...