नागरिक दैनिकमा तालाबन्दी : माग पूरा नभएसम्म आन्दोलन जारी

Author

सजिलो पत्रिका

२०८२ माघ १५, बिहिबार

31
Share
Featured
  • श्रमजीवी पत्रकारका माग सुनुवाइ नभएपछि नेपाल पत्रकार महासंघले नागरिक दैनिकको व्यवस्थापन कक्ष (प्रबन्ध निर्देशक/CEO) मा तालाबन्दी गर्‍यो।
  • महासंघले श्रम ऐनअनुसार सेवा–सुविधा, पारिश्रमिक र श्रम सम्झौता कार्यान्वयनको माग गर्दै लामो समयको संवाद बेवास्ता भएपछि बाध्य भएर कदम चालेको जनाएको छ।
  • नागरिक दैनिक व्यवस्थापनले महासंघका केन्द्रीय समिति र शाखा अध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ; महासंघले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।
समाचार सारांशGenerated using AI.


नेपाल पत्रकार महासंघले बुधवार बिहान नागरिक दैनिकको व्यवस्थापन कक्षमा तालाबन्दी गरेको छ ।

श्रमजीवी पत्रकारका न्यायोचित मागहरू पटक–पटक उठाउँदा पनि व्यवस्थापन पक्षबाट सुनुवाइ नभएपछि महासंघले बुधवार तालाबन्दी गरेको हो ।

महासंघले नागरिक दैनिकका प्रबन्ध निर्देशक तथा सिईओको कार्यकक्षमा तालाबन्दी गर्दै श्रम ऐनअनुसार सेवा–सुविधा, पारिश्रमिक तथा श्रम सम्झौता कार्यान्वयन गर्न माग गरेको जनाएको छ ।

महासंघका अनुसार लामो समयदेखि संवादको पहल हुँदाहुँदै पनि व्यवस्थापन पक्षले बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दीको कदम चाल्नुपरेको हो । उता, नागरिक दैनिकको व्यवस्थापन पक्षले भने उल्टै नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र नागरिक शाखाका अध्यक्षविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

यसअघि पनि काम गरेबापतको पारिश्रमिक मागेपछि ३ जना कर्मचारीविरुद्ध मुद्दा लगाइसकेको छ । महासंघले श्रमजीवी पत्रकारको अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी पनि दिएको छ ।

यो समाचारमा

काठमाडौँउच्च अदालत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...