दूध दुहुने रियालिटी शो ‘दूध’ का विजेता बने तारा प्रसाद पाठक

Author

सजिलो पत्रिका

२०८२ माघ १४, बुधबार

29
Share
Featured
  • नेपालमै पहिलो पटक आयोजना गरिएको दूध दुहुने रियालिटी शो ‘दूध’ का विजेता तारा प्रसाद पाठक बनेका छन्; प्रतियोगितामा भरतपुरका २० व्यावसायिक पशुपालक सहभागी थिए।
  • दूध दुहुने सीप, पशुप्रतिको व्यवहार, आहार व्यवस्थापन, गोठ सरसफाइ र दूधको शुद्धताको आधारमा मूल्याङ्कन गरिएको प्रतियोगितामा बासुदेव पौडेल दोस्रो, मथुरा महतो तेस्रो र धनमाया भण्डारी सान्त्वना भए।
  • पशुपालन पेशालाई सम्मानित बनाउने र किसानलाई ब्रान्ड एम्बेसडरका रूपमा स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको शोले सकारात्मक प्रतिक्रिया पाएको छ, जसलाई आगामी सिजनमा नेपाल सरकारसँग सहकार्य गरी विस्तार गर्ने योजना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच आयोजना गरिएको दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ का विजेता तारा प्रसाद पाठक बनेका छन्।

हरेक मङ्गलबार साँझ एपी वान टेलिभिजन, मेरो सेरोफेरो युट्युब च्यानल तथा सिनर्जी एफएमबाट प्रसारण हुँदै आएको उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका व्यावसायिक पशुपालकमध्ये दूध विविधीकरण गर्ने सहकारीमार्फत दूध बिक्री गर्ने २० जना किसान छनोट गरी सहभागिता गराइएको थियो।

प्रतियोगितामा बासुदेव पौडेल दोस्रो, मथुरा महतो तेस्रो तथा धनमाया भण्डारी सान्त्वना भएका छन्।

प्रथम भएका पाठक विभिन्न पेशा छाडेर पशुपालनमा लागेका व्यक्ति हुन् । दोस्रो भएका पौडेल अमेरिका जाने भन्दै लाखौँ रुपैयाँ ठगिएपछि पशुपालनमा फर्किएका थिए । तेस्रो भएका महतो कुलत छाडेपछि पशुपालनमा होमिएका थिए। सान्त्वना विजेता ७० वर्षीया भण्डारी र उनको परिवारको मुख्य पेशा नै पशुपालन हो।

गाईका कल्चौँडासँग अभ्यस्त किसानलाई बजारमा पुग्ने दूधका ब्रान्ड एम्बेसडरका रूपमा स्थापित गर्ने तथा पशुपालन पेशालाई मर्यादित र सम्मानित बनाउने उद्देश्यले शो निर्माण गरिएको हो।

शोमा किसानको दूध दुहुने सीपसँगै पशुप्रतिको व्यवहार, आहार व्यवस्थापन, गोठको सरसफाइ तथा दूधको शुद्धता जस्ता पक्षहरूको मूल्याङ्कनका आधारमा विजेता घोषणा गरिएको कार्यक्रमका निर्माता रविन सुवेदीले जानकारी दिए।

दूधमा आत्मनिर्भर जिल्ला चितवन उन्नत गाई भित्र्याउने जिल्लासमेत हो। शोले मेहनती किसानको सम्मानसँगै वर्तमान पशुपालन किसानको अवस्थालाई उजागर गरेको छ। साथै नयाँ पुस्ताले बुझ्ने गरी पशुपालन गर्दा हुने मेहनत र संघर्षको कथा रोचक ढङ्गले प्रस्तुत गरिएको थियो।

पहिलो संस्करणप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले नेपाल सरकारसँग सहकार्य गरी आगामी सिजनमा कार्यक्रमलाई थप जानकारीमूलक र बृहत् बनाउने योजना रहेको सुवेदीले बताए।

कार्यक्रम संयोजक गोविन्द न्यौपानेका अनुसार पशुपालनकै माध्यमबाट धेरै किसानले आर्थिक उन्नति हासिल गरेको अवस्थामा ‘किसानलाई आइडल बनाउने’ उद्देश्यले शो निर्माण गरिएको हो । कृषि कार्यक्रमहरू प्रायः एउटै ढाँचामा सीमित भइरहेका बेला विविधीकरण सम्भव छ भन्ने सोचका साथ निर्माण गरिएको कार्यक्रम सफल भएको उनको भनाइ छ ।

खेतीले मुख्य प्रायोजन गरेको उक्त कार्यक्रममा भरतपुर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेको थियो। प्रतियोगिताका निर्णायकहरूमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक डा. शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डे रहेका थिए ।

यो समाचारमा

युट्युबचितवननेपालकाठमाडौँ
भरतपुर महानगरपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...