कञ्चनपुरमा विद्यालयभित्र जातीय विभेदको घटना, अखिल क्रान्तिकारीद्वारा कडा भत्र्सना

Author

सजिलो पत्रिका

२०८२ माघ १३, मङ्गलबार

20
Share
Featured
  • कञ्चनपुरको बैजनाथ आधारभूत विद्यालयमा शिक्षकलाई ‘तल्लो जात’ भन्दै गरिएको व्यवहारप्रति अखिल (क्रान्तिकारी) ले कडा भर्त्सना।
  • घटनालाई दलित समुदायमाथिको संरचनागत विभेद र दण्डनीय सामाजिक अपराधको रूपमा चित्रण।
  • दोषीमाथि तत्काल कानुनी कारबाही र पीडितलाई क्षतिपूर्ति माग गर्दै, नत्र संगठन स्वयं कारबाहीमा उत्रिने चेतावनी।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित बैजनाथ आधारभूत विद्यालयमा भएको जातीय विभेदको घटनाप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले भत्र्सना गरेको छ ।

सरस्वती पूजाको दिनमा उक्त घट्ना भएको थियो । संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालयजस्तो समानता र गरिमाको प्रतीक मानिने शैक्षिक संस्थामै जातीय अहंकार प्रदर्शन हुनु अत्यन्त निन्दनीय, आपत्तिजनक तथा अस्वीकार्य भएको उल्लेख गरिएको छ ।

उक्त विद्यालयमा कार्यरत शिक्षक गजिराम सार्कीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागरकुमार भण्डारीले ‘तल्लो जात’ को भन्दै पातमा टीका लगाइदिएको तथा कथित पुजारीले टीका लगाउन अस्वीकार गरेको आरोप छ । यसलाई संगठनले अमानवीय, अपमानजनक र छुवाछूतजन्य व्यवहारको रूपमा चित्रण गरेको छ ।

अखिल (क्रान्तिकारी) ले यो घटना व्यक्तिगत दुव्र्यवहार मात्र नभई दलित समुदायमाथि भइरहेको संरचनागत विभेद र गम्भीर सामाजिक अपराध भएको जनाएको छ। संगठनका अनुसार नेपालको संविधान र जातीय विभेद तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ अनुसार यस्ता कार्य दण्डनीय अपराध हुन् ।

विद्यालयभित्रै यस्तो घटना हुनु राज्य संयन्त्रको कमजोरी र समाजमा अझै कायम दरिद्र सामन्ती सोचको निरन्तरता भएको संगठनको ठहर छ । विज्ञप्तिमा विद्यालय प्रशासन र राज्य संरचनाभित्र विद्यमान जातीय विभेद, दण्डहीनता र जवाफदेहिताको अभाव यस घटनाले उजागर गरेको उल्लेख गरिएको छ ।

संगठनले दोषीमाथि यथाशीघ्र कडा कानुनी कारबाही गर्न र पीडितलाई सामाजिक आत्मसम्मानसहित उचित क्षतिपूर्ति दिन माग गरेको छ । साथै, यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित सबै पक्षलाई सचेत रहन आग्रह गरिएको छ । माग पूरा नभए दोषीविरुद्ध संगठन स्वयं कारबाहीमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) की उपाध्यक्ष रूपा बुढामगरद्वारा हस्ताक्षरित विज्ञप्ति यस्तो चेतावनी दिइएको छ ।

यो समाचारमा

काठमाडौँकृष्णपुर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...