अस्पतालबाटै किशोरीको शव हराएपछि गोलबजारमा चक्का जाम

Author

सजिलो पत्रिका

२०८२ माघ १३, मङ्गलबार

29
Share
Featured
  • सिरहाको गोलबजार–३ की करिब १६ वर्षीया निशा बानियाँको शव पोष्टमार्टमका लागि लहान अस्पतालमा राखिएको अवस्थामा हराएपछि क्षेत्र तनावग्रस्त बनेको छ र स्थानीयले चक्का जामसमेत गरेका छन्।
  • मृतक किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्, तर शव हराउनु, शरीरमा चोटपटक देखिनु र मृत्यु अघिल्लो दिन एक युवकको घरमा बसेको भनाइले घटनालाई रहस्यमय बनाएको छ।
  • स्थानीय, जनप्रतिनिधि र बुद्धिजीवीहरूले अस्पताल र प्रहरीको गम्भीर लापरबाही भएको भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
समाचार सारांशGenerated using AI.


सिराहाको गोलबजार नगरपालिका , सिराहा–३, जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै हराएको घटनाले क्षेत्र तनावग्रस्त बनेको छ ।
घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो (माघ ११ गते) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्रमा चक्का जाम गरेका थिए ।

रमेश बानियाँकी छोरी निशा बानियाँको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपेन्द्रप्रसाद प्रादेशिक अस्पतालमा राखिएको थियो। तर शव नै हराएको जानकारी पाएपछि दोषीमाथि कडा कारबाहीको माग गर्दै आफन्त र स्थानीय सडकमा उत्रिएका हुन्।

गत शुक्रबार (माघ ९ गते) किशोरी आफ्नै घरमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय गोलबजारले घटनालाई प्रारम्भिक रूपमा आत्महत्या मानेर मुचुल्का उठाई पोष्टमार्टमका लागि लहान अस्पताल पठाएको थियो।

मृतकका आमा–बुबा रोजगारीका सिलसिलामा भारतमा रहेकाले हिजो शव बुझ्न अस्पताल पुगेका थिए। तर अस्पतालमा शव फेला नपरेपछि घटनाले नयाँ मोड लिएको हो।

शव हराएको घटनालाई आफन्त तथा स्थानीयले अत्यन्तै रहस्यमय भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्। स्थानीयका अनुसार निशा मृत्यु हुनु अघिल्लो दिन लहानकै एक युवकको घरमा बसेकी थिइन् र उनीहरूबीच प्रेम सम्बन्ध रहेको बताइएको छ। त्यहाँबाट घर फर्किएको केही समयमै आत्महत्या भएको भनिए पनि मृतकको शरीरमा चोटपटक देखिएको दाबी गरिएको छ।

स्थानीय आनन्द लामाले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताए । स्थानीय लामाले भने, ‘लहानबाट फर्किएपछि आत्महत्या हुनु र त्यसपछि अस्पतालबाटै शव हराउनु गम्भीर विषय हो। घटनामा कतै न कतै मिलेमत्तो देखिन्छ, निष्पक्ष छानबिन हुनुपर्छ।’

त्यस्तै, स्थानीय शिक्षक समर भण्डारीले पोष्टमार्टम नै नभएको शव हराउनु अस्पताल र प्रहरी प्रशासनको गम्भीर लापरबाही भएको बताए। उनले यस घटनामा संलग्न सबैलाई कडा भन्दा कडा कारबाही गर्न माग गरे।

गोलबजार नगरपालिका–३ का वडा अध्यक्ष धनप्रसाद लामाले आज बिहान १० बजेसम्म शव सहिसलामत उपलब्ध नगराइए पुनः कडा आन्दोलन गर्ने चेतावनी दिएपछि स्थानीयले अस्थायी रूपमा सडक खुलाएका थिए।

यस विषयमा बुझ्न इलाका प्रहरी कार्यालय लहानका प्रमुखसँग सम्पर्क गर्दा फोन उठेन। अस्पताल प्रमुख डा. रञ्जित झासँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन अफ रहेको थियो।

अस्पताल पुगेका एक पत्रकारका अनुसार शव हराएको जानकारी बाहिरिएपछि डा. झा क्वाटरमै लुकेर बसेका थिए। पछि स्वास्थ्यकर्मीको आग्रहमा बाहिर आए पनि उनले शव ‘मिसप्लेस’ भएको भन्नेबाहेक अन्य कुनै स्पष्ट जवाफ दिएका छैनन्।

घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको मागसहित स्थानीयमा आक्रोश बढ्दो छ।

यो समाचारमा

भारतकाठमाडौँगोलबजार नगरपालिका , सिराहासिराहा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...