कमाने प्रिमियर लिग : एक्सपर्ट भिजन–११ को पहिलो जित

Author

सजिलो पत्रिका

२०८२ माघ १२, सोमबार

24
Share
Featured

काठमाडौँ

हेटौंडामा जारी चौथो संस्करणको कमाने प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलहरूमा कमाने एक्सपर्ट भिजन–११ ले प्रतियोगितामा पहिलो जित दर्ता गर्दा कमाने लायन्सले लगातार दोस्रो विजय हात पारेको छ । आइतबार भएको खेलमा एक्सपर्ट भिजन–११ ले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा कमाने राइडर्सलाई ७१ रनले पराजित गर्दै जितको खाता खोलेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको एक्सपर्ट भिजन–११ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८६ रन बनायो । टोलीका लागि सञ्जीव थापाले अविजीत ९७ रनको उत्कृष्ट इनिङ खेले भने सुजित पटेलले ४१ र इरफान अलीले ३६ रनको योगदान दिए । बलिङतर्फ एक्सपर्ट भिजनका असिम श्रेष्ठ, सञ्जीव थापा र सागर मगरले समान २–२ विकेट लिए । १८७ रनको लक्ष्य पछ्याएको कमाने राइडर्स १९.५ ओभरमै ११६ रनमा अलआउट हुन पुग्यो ।

राइडर्सका लागि विष्णु राउतले सर्वाधिक ३३ रन बनाए। बलिङमा नवी आलमले २ विकेट, प्रविन घिमिरे र रामनरेश गिरीले १–१ विकेट लिए । उत्कृष्ट प्रदर्शनका कारण सञ्जीव थापा ‘प्लेयर अफ द म्याच’ घोषित भए । यसअघि उद्घाटन खेलमा एक्सपर्ट भिजन–११ कमाने इप्लानेट ब्लास्टर्ससँग ६ विकेटले पराजित भएको थियो ।

यस्तै, आइतबारकै अर्को खेलमा कमाने लायन्सले कमाने थर्डआइलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । पहिले ब्याटिङ गरेको कमाने थर्डआइले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।

११४ रनको लक्ष्य लायन्सले १०.५ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो । लायन्सका लागि शुभ कंसाकारले ७६ रनको धमाकेदार इनिङ खेले। साथै, उनले बलिङतर्फ ११ रन खर्चेर ४ विकेट लिँदै अलराउन्डर प्रदर्शन गरे र प्लेयर अफ द म्याच ८८ घोषित भए ।

कंसाकार प्रतियोगितामा लगातार दोस्रो पटक प्लेयर अफ द म्याच बनेका हुन् । यसअघि शनिबार कमाने रोयल्सविरुद्धको जितमा पनि उनी नै उत्कृष्ट घोषित भएका थिए । हेटौँडा–८ स्थित कमाने क्रिकेट क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको उपाधि विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि जनही ५/५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको मुख्य प्रायोजक हेटौँडा स्कूल अफ म्यानेजमेन्ट रहेको छ ।

यो समाचारमा

हेटौंडाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    Data is loading...

    Loading brands...

    Loading footer...