सर्वोच्चले रोक्यो रविको मुद्दा फिर्ता प्रक्रिया, सक्कल फाइल झिकाउन आदेश

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

33
Share
Featured
  • सर्वोच्च अदालतले रवि लामिछानेविरुद्धको ‘सम्पत्ति शुद्धीकरण’ र ‘संगठित अपराध’ मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा थप प्रमाण कागजात झिकाउन आदेश दिएको छ।
  • महान्यायाधिवक्ताको कार्यालयले अभियोगपत्र संशोधन गरेपछि रिट दायर गरिएको थियो।
  • अदालतले कागजात प्राप्त भएपछि मात्रै अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्ने जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको 'सम्पत्ति शुद्धीकरण' र 'संगठित अपराध' सम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिटमा थप सक्कल प्रमाण कागजात झिकाउन आदेश दिएको छ ।

आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो । महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको अभियोगपत्र संशोधन गर्ने निर्णय गरेपछि सो निर्णय खारेजीको माग गर्दै रिट दायर भएको थियो ।

अदालतले सम्बन्धित कागजातहरू प्राप्त भएपछि मात्रै अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्ने जनाएको छ ।

सुनुवाइका क्रममा महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध अभियोगपत्र दायर भएपछि थप प्रमाण फेला परेकाले मुद्दा संशोधन प्रक्रियामा लगिएको जिकिर गरेकी थिइन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँसर्वोच्च अदालतरवि लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...