राष्ट्रिय सभामा पार्टी अनुशासनमै जोड, कांग्रेस–एमाले सहकार्यमा विचलन नहुने : महामन्त्री घिमिरे

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

40
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले राष्ट्रिय सभाको निर्वाचनमा पार्टी अनुशासन र निर्णय कार्यान्वयन नै सबैभन्दा ठूलो आधार हुने बताएका छन् । उनले कांग्रेस–नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच तय भएको सहकार्यमा कुनै किसिमको विचलन नहुने स्पष्ट पारे ।

शनिबार मोरङमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री घिमिरेले माघ ११ गते हुने निर्वाचनमा कांग्रेसका मतदाता, जनप्रतिनिधि र निर्वाचक मण्डलले पार्टी निर्णयअनुसार इमान्दारिताका साथ मतदान गर्ने विश्वास व्यक्त गरे ।

महामन्त्री घिमिरेले नेपाली कांग्रेस विगतका कमजोरी सुधार गर्दै व्यवस्थित र जिम्मेवार ढंगले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनमा होमिएको दाबी गरे ।
उनले मतदातासामु जाने क्रममा भावनात्मक नाराभन्दा पनि व्यवहारमा कार्यान्वयन गर्न सकिने एजेन्डालाई प्राथमिकतामा राख्ने नीति लिएको बताए ।

उनका अनुसार कांग्रेस यसपटक घोषणापत्रमा ठूला र आकर्षक शब्द प्रयोग गर्नेभन्दा पनि जनताले अनुभूति गर्न सक्ने, पूरा गर्न सकिने प्रतिबद्धतामात्रै समेटेर निर्वाचनमा जाने तयारीमा छ ।

यो समाचारमा

काठमाडौँमोरङनेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    काठमाडौं । विपद्‌मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान

    Data is loading...

    Loading brands...

    Loading footer...