काङ्ग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापा

Author

सजिलो पत्रिका

२०८२ माघ १०, शनिबार २०:०२

18
Share
Featured
  • गगन थापाले पार्टीमा सजिलो बाटो छाडेर कठिन बाटो रोज्दै आफ्नै लडाइँ लडेको बताएका छन्।
  • विशेष महाधिवेशनमा साथ नपाएको भए आफू पार्टीबाट निस्कासित सदस्य हुने अवस्था आएको उनले स्मरण गरे।
  • मधेशको नेतृत्व गर्ने प्रयास गरेपछि मात्रै साँचो अर्थमा राष्ट्रिय नेता बन्न सकिने भन्दै आफूलाई मधेशमा समर्पित गरेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीमा आफूले सजिलो बाटो छोडेर कठिन बाटो रोजेको बताएका छन् ।

शनिबार काठमाडौंमा भएको सर्लाहीका मतदातासँगको अन्तरक्रिया कार्यक्रममा उनले विशेष महाधिवेशनमा सबैको साथ नपाएको भए पार्टीबाट निस्कासित सदस्यको रुपमा रहने उल्लेख गर्दै आफ्नो लडाइँ लड्नको लागि सजिलो बाटो छाडेको बताए ।

उनले भने, ‘मैंले पार्टीमा सजिलो बाटो छाडेर कठिन बाटो रोजेको हुँ । म पाँच वर्षको लागि काङ्ग्रेसबाट भर्खरै निकालिएको थिएँ । विशेष महाधिवेशनमा साथीहरुले साथ नदिनु भएको भए आज म पार्टीबाट निस्कासित सदस्यको रुपमा तपाईहरुको बीचमा उभिएको हुन्थें । म आफ्नो लडाई लड्नुपर्छ, आफ्नो कर्म गर्नुपर्छ बाँकी नियतिको हातमा छ भनेर विश्वास गर्ने मान्छे हो । त्यसकारण आफ्नो लडाईं लडेको हो । सजिलो बाटो रोजेर सजिलो ठाँउमा बसेको होइन् ।’

यस्तै, उनले काङ्ग्रेस पार्टीलाई मधेशले नै बनाएको भन्दै यसपाली आँट र जोखिम लिएर भएपनि आफूलाई मधेशमा समर्पित गरेको बताए ।

राष्ट्रिय नेता भनेको राष्ट्रिय पार्टीको नेता भएर मात्र हुदैँन् त्यसले सिंगो राष्ट्रको अंश आफूभित्र राख्न सक्नुपर्ने भन्दै एकपटक मधेशको नेतृत्व गर्ने प्रयास गरेभने बल्ल नेपालको राष्ट्रिय नेता हुने उनको भनाई छ ।

उनले भने, ‘राष्ट्रिय नेता भनेको राष्ट्रिय पार्टीको नेता भएर मात्र हुँदैन् । त्यसले सिंगो राष्ट्रको अंश आफूभित्र राख्न सक्नुपर्छ । काङ्ग्रेस पार्टीलाई मधेशले नै बनाएको हो त्यसकारण यसपाली मैले आँट गरेर, जोखिम लिएर भएपनि आफूलाई मधेशमा समर्पित गरे । एकपटक मधेशको नेतृत्व गर्ने प्रयास गरेभने बल्ल म नेपालको राष्ट्रिय नेता हुन सक्छु । त्यसको लागि म जाने हो, मधेश जाने हो, त्यहीको साथीहरुसँग जाने हो, भिज्ने हो ।’

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसगगन थापासर्लाही

ट्यागहरू

#कार्यक्रम#पार्टी#सर्लाही#गगन थापा#नेपाली कांग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    sajilo patrika

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    घण्टीको गर्जन र ’बालेन’ लहरः पुराना दलको ’साम्राज्य’ अन्त्य भएकै हो ?

    खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू