मण्डेलाका व्यक्तिगत सामग्री बिक्रीको बाटो खुले, अदालतले सरकारी रोक अस्वीकार

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

27
Share
Featured
  • दक्षिण अफ्रिकी अदालतले नेल्सन मण्डेलासँग सम्बन्धित व्यक्तिगत सामग्री बिक्री र विदेश निकासी रोक्ने सरकारी प्रयास अस्वीकार गर्‍यो।
  • मण्डेलाकी जेठी छोरी माकाजिवे मण्डेलालाई कारागारको चाबी, फूलबुट्टे सर्ट, सनग्लासलगायत सामग्री लिलामी गर्न अनुमति मिल्यो।
  • सरकारको हेरिटेज निकायले यी सामग्री राष्ट्रिय सम्पदा भएको दाबी गरे पनि अदालतले त्यसलाई आधारविहीन ठहर गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दक्षिण अफ्रिकाको अदालतले रंगभेदविरोधी संघर्षका नायक नेल्सन मण्डेलासँग सम्बन्धित व्यक्तिगत सामग्री बिक्री तथा विदेश निकासी रोक्ने सरकारी प्रयास अस्वीकार गरेको छ। सर्वोच्च अपिल अदालतले मण्डेलाकी जेठी छोरी माकाजिवे मण्डेलालाई उनका बाबुसँग जोडिएका सामग्रीहरू बेच्न पाउने निर्णय दिएको हो। यससँगै रोबेन आइल्याण्डको कारागारको कोठाको चाबी, मण्डेलाले लगाउने गरेका पहिचानयुक्त फूलबुट्टे सर्ट, सनग्लासलगायत सामग्री अमेरिका पठाएर लिलामी गर्न बाटो खुलेको छ।

यी करिब ७० वटा सामग्री माकाजिवे मण्डेला र रोबेन आइल्याण्डका पूर्व जेल रक्षक क्रिस्टो ब्रान्डको स्वामित्वमा छन्। दक्षिण अफ्रिकी हेरिटेज स्रोत निकाय (साह्रा) ले यी सामग्री राष्ट्रिय सम्पदा भएको दाबी गर्दै निर्यात गर्न नपाइने बताएको थियो। तर अदालतले साह्राको व्याख्या अत्यन्तै फराकिलो र आधारविहीन रहेको ठहर गरेको छ।

माकाजिवे मण्डेलाले बिक्रीबाट प्राप्त रकम पूर्वी केप प्रान्तको कुनुस्थित मण्डेलाको समाधिमा स्मृति उद्यान निर्माण गर्न प्रयोग गर्ने योजना रहेको बताएकी थिइन्। अदालतको निर्णयपछि उनले आफ्ना बाबुको अन्तिम चाहना परिवारभन्दा राम्रोसँग सरकारी निकायले जान्दछु भन्ने सोच गलत भएको टिप्पणी गरेकी छन्। यद्यपि सामग्री लिलामी गर्ने विषयमा अन्तिम निर्णय भने अझै नभइसकेको जनाइएको छ।

यो समाचारमा

काठमाडौँदक्षिण अफ्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरानबाट ट्रम्प र नेतन्याहुलाई ‘आकस्मिक मृत्यु’को चेतावनी

    काठमाडौं । अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका सरकारनिकट सञ्चारमाध्यमहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्प र इजरायली प्रधानमन्त्री बेंजामिन नेतान्याहूलाई लक्षित गर्दै कडा धम्की दिएका छन्। इरानी दैनिक 'हामसहरी' ले आफ्नो पहिलो पृष्ठमा 'आकस्मिक मृत्युका लागि तयार हुनुहोस्' शीर्षकमा ट्रम्प, नेतन्याहु र अमेरिकी रक्षामन्त्रीको तस्बिरसहितको सामग्री प्रकाशन गरेको छ।अर्को पत्रिका

    Data is loading...

    Loading brands...

    Loading footer...