'बदलिएको कांग्रेसले देश बदल्छ'-सभापति थापा

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

19
Share
Featured
  • सभापति गगन थापाले बदलिएको कांग्रेस अब देश बदल्ने संकल्पसाथ निर्वाचनमा होमिएको बताएका छन्।
  • उम्मेदवार छनोटमा भएका त्रुटि स्वीकार्दै आगामी निर्वाचनदेखि ‘प्राइमरी इलेक्सन’ गर्ने प्रतिबद्धता जनाए।
  • सुशासन र भ्रष्टाचार अन्त्यलाई प्राथमिकता दिँदै नेता–कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन आह्वान गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले बदलिएको कांग्रेसले अब देश बदल्ने संकल्पका साथ निर्वाचनमा होमिएको बताएका छन् ।

विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि शुक्रबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय, सानेपामा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैको चाहनाअनुसार कांग्रेस बदलिएको र अब यही बदलिएको कांग्रेसले देशलाई सही दिशा दिने दाबी गरे ।

सभापति थापाले पार्टीलाई एकढिक्का भएर निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान गरे । छोटो समयमा उम्मेदवार चयन गर्दा केही त्रुटि भएको स्वीकार्दै उनले आगामी निर्वाचनदेखि हरेक क्षेत्रमा 'प्राइमरी इलेक्सन' मार्फत उम्मेदवार चयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने विषयलाई पार्टीले प्राथमिकतामा राखेको बताउँदै सबै नेता-कार्यकर्तालाई आ-आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन निर्देशनसमेत दिए ।

यो समाचारमा

गगन थापानेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...