राष्ट्रिय सभामा तीन अध्यादेश पेस

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

28
Share
Featured
  • गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सभामा निर्वाचनसम्बन्धी तीनवटा अध्यादेश पेस गरेका छन्।
  • बैठकमा राष्ट्रिय सदाचार नीति र पर्यटन विधेयकसम्बन्धी प्रतिवेदनहरू पनि पेस गरिएका छन्।
  • सभाले पाँच जना पूर्वमन्त्री तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै अर्को बैठक माघ १३ गते तय गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनसँग सम्बन्धित तीनवटा अध्यादेश पेस गरेका छन् ।

बैठकमा उनले ‘मतदाता नामावली ऐन संशोधन अध्यादेश’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ र ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश’ पेस गरेका हुन् ।

त्यसैगरी, बैठकमा विकास समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन’ र विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पर्यटन विधेयकसम्बन्धी प्रतिवेदन’ पेस गरेका थिए ।

बैठकले पूर्वमन्त्रीहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताब आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र पूर्वसांसद कृष्णकुमारी श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक माघ १३ गते मंगलबार दिउँसो १:१५ बजे बस्नेछ ।

यो समाचारमा

राष्ट्रिय सभाओमप्रकाश अर्यालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...