नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

26
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मा पौडेलले जानकारी दिएका छन् ।

शर्माले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको छ ।

आजको बैठकमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई लैजाने विषयमा छलफल हुने बताइएको छ ।

थापा कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसप्रकाश शर्मा पौडेलगगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    काठमाडौं । विपद्‌मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान

    Data is loading...

    Loading brands...

    Loading footer...