नायिका नम्रता श्रेष्ठले सुनाइन् डिप्रेसनसँगको लडाइँको कथा

Author

सजिलो पत्रिका

२०८२ माघ ०७, बुधबार

25
Share
Featured
  • नायिका नम्रता श्रेष्ठले २०१६ तिर बाहिर सफल देखिँदा पनि भित्र गहिरो डिप्रेसन र चिन्तासँग जुधिरहेको खुलासा गरिन्।
  • उनले तीन वर्ष औषधि सेवन गर्दै संघर्ष गरेको र निको हुन समय लागेको अनुभव साझा गरिन्।
  • अहिले आफू बढी शान्त, दयालु बनेको र आत्म–खोजको यात्रा अझै जारी रहेको बताएकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चर्चित नायिका नम्रता श्रेष्ठले एक दशकअघि आफू डिप्रेसनसँग लडिरहेको खुलासा गरेकी छन्। सन् २०१६ लाई आफ्नो जीवन परिवर्तन गर्ने वर्षको रूपमा स्मरण गर्दै उनले बाहिरी रूपमा सफल देखिँदा पनि भित्री रूपमा आफू गहिरो मानसिक पीडामा रहेको बताएकी हुन्।

सामाजिक सञ्जालमा एक भावुक पोस्ट लेख्दै उनले भनेकी छन्, "२०१६ मा बाहिरबाट हेर्दा सबै राम्रो थियो, पुरस्कार जितेकी थिएँ, सफल रेस्टुरेन्ट थियो, तर भित्र म डिप्रेसन र चिन्तासँग लडिरहेकी थिएँ।"

उनले सफलताले पीडाबाट नजोगाउने र निको हुन समय लाग्ने कुरा सिकेको बताएकी छन्। ध्यान, यात्रा र विभिन्न प्रयास गर्दा पनि सुरुमा केही काम नगरेको र निको हुन वर्षौं लागेको उनको भनाइ छ।

"तीन वर्ष औषधि खाएँ, दैनिक संघर्ष गरेँ, तर हार मानिनँ," उनले लेखेकी छन्, "यस क्रममा मैले फरक तरिकाले बाँच्न सिकेँ, 'नाइँ' भन्न सिकेँ र कामबाट विश्राम लिएँ।"

एक दशकपछि आफू शान्त र दयालु बनेको बताउँदै उनले आफ्नो आत्म-खोजको यात्रा अझै जारी रहेको उल्लेख गरेकी छन्।


यो समाचारमा

नम्रता श्रेष्ठकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।त्यस अवसरमा उनीहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यसैगरी, परराष्ट्रसचिव अमृतबहादुरराईसँग पनि उनले आजै भेट गरे ।

    Data is loading...

    Loading brands...

    Loading footer...