पूर्वसचिव संगीता मिश्रा ५ लाख धरौटीमा रिहा

Author

सजिलो पत्रिका

२०८२ माघ ०७, बुधबार

22
Share
Featured
  • विशेष अदालतले पूर्वसचिव डा. संगीता कौशल मिश्रालाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
  • थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा मिश्रासहित १५ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।
  • अख्तियारले मिश्रामाथि १४ करोड ६ लाख ८५ हजार रुपैयाँ बिगो दाबी गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विशेष अदालतले भ्रष्टाचारको आरोप लागेकी पूर्वसचिव डा. संगीता कौशल मिश्रालाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। बुधबार न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा मिश्रासहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारले मिश्रासँग १४ करोड ६ लाख ८५ हजार रुपैयाँ बिगो दाबी गरेको छ।

अदालतले उनको पदीय जिम्मेवारी र भूमिकालाई आधार मान्दै पुर्पक्षका लागि धरौटी माग गर्ने निर्णय गरेको हो।

यो समाचारमा

काठमाडौँअख्तियार दुरुपयोग अनुसन्धान आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...