स्याङ्जामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

Author

सजिलो पत्रिका

२०८२ माघ ०७, बुधबार

25
Share
Featured
  • स्याङ्जाको वालिङमा ढुंगा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु र ४ जना घाइते भएका छन्।
  • वालिङबाट चापाकोटतर्फ जाँदै गरेको ट्र्याक्टर सडकबाट करिब १० मिटर तल खसेको थियो।
  • मृतकको वालिङमै उपचारका क्रममा मृत्यु भएको र घाइतेहरूलाई थप उपचारका लागि पोखरा पठाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्याङग्जाको वालिङमा मंगलबार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

वालिङबाट चापाकोटतर्फ ढुंगा लिएर जाँदै गरेको लु ३ त ५१७३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, दुर्घटनामा वालिङ नगरपालिका–७ का ६५ वर्षीय डोलराज कोइराला र कैलालीका ३५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो । उनीहरूको वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य चार जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

यो समाचारमा

कैलालीवालिङ नगरपालिकाकाठमाडौँस्याङग्जा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

    काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२/८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक

    Data is loading...

    Loading brands...

    Loading footer...