राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न यी ६ कागजातले काम गर्ने (सूचीसहित)

Author

सजिलो पत्रिका

२०८२ माघ ०७, बुधबार

35
Share
Featured
  • राष्ट्रिय सभा निर्वाचन (माघ ११) का लागि मतदान गर्दा ६ प्रकारका परिचयपत्र मान्य हुने निर्णय निर्वाचन आयोगले गरेको छ।
  • मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र तथा प्रदेश/स्थानीय तहबाट निर्वाचित भएको प्रमाणपत्रमध्ये कुनै एक देखाए मतदान गर्न पाइनेछ।
  • आयोगले मान्य कागजात अनिवार्य रूपमा साथमा लिएर मतदानमा सहभागी हुन आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदानका लागि मतदाताको पहिचान खुल्ने ६ प्रकारका कागजातलाई मान्यता दिने निर्णय गरेको छ ।

आयोगका अनुसार, मतदाता नामावलीमा नाम भएका मतदाताले निम्नमध्ये कुनै एक परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन्:

  • निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र
  • नेपाली नागरिकताको प्रमाणपत्र
  • राष्ट्रिय परिचयपत्र
  • प्रदेश सभा सदस्यमा निर्वाचित हुँदाको प्रमाणपत्र
  • स्थानीय तहको प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षमा निर्वाचित हुँदाको प्रमाणपत्र
  • प्रदेश सभा सचिवालय वा स्थानीय तहले जारी गरेको पद खुल्ने परिचयपत्र

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यीमध्ये कुनै एक कागजात अनिवार्य रूपमा साथमा लिएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।

यो समाचारमा

काठमाडौँनिर्वाचन आयोगराष्ट्रिय सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...