सहकारी ठगी मुद्दामा रवि लामिछानेसँग १ करोड धरौटी माग

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार

43
Share
Featured
  • पर्सा जिल्ला अदालतले सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ।
  • ‘सानो पाइला’ सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित २९ जनाविरुद्ध ११ करोड ५६ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो।
  • चितवन–२ बाट उम्मेदवारी दर्ताको तयारीकै बीच अदालतको आदेश आएपछि यो विषय राजनीतिक रूपमा पनि चासोको केन्द्र बनेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जिल्ला अदालतले सहकारी ठगीसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ ।

मंगलबार न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले वीरगञ्जस्थित ‘सानो पाइला बचत तथा ऋण सहकारी संस्था’ को रकम अपचलन गरेको आरोपमा परेको मुद्दामाथि सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो ।

गत असार १ गते लामिछानेसहित २९ जनाविरुद्ध ११ करोड ५६ लाख रुपैयाँ बिगो मागदाबीसहित सहकारी ठगी तथा संगठित अपराधको मुद्दा दायर गरिएको थियो ।

अदालतको आदेशपछि लामिछाने धरौटी बुझाउने प्रक्रियामा रहेको अदालतले जनाएको छ । चितवन-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेका लामिछानेमाथि चुनावी सरगर्मीकै बीच अदालतले यस्तो आदेश दिएको हो, जसलाई चासोका साथ हेरिएको छ ।

यो समाचारमा

रवि लामिछानेकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...