बाजुरामा रुख बाट लडेर एक जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार

68
Share
Featured

काठमाडौँ

बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बाजुराको बडिमालिका नगरपालिका–१ पिनालेख बस्ने ४८ वर्षीया लालबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको हो।

बेलुकी रुखमा चढेर डाँले घाँस काट्ने क्रममा लडेर घाइते भएका कार्कीको उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउँदा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए।

घर नजिकैको रुखबाट डाँले घाँस भैंसीका लागि काट्न गएका कार्की रुखबाट लडेर गम्भीर घाइते भएपछि आफन्तले उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुर्याएको थियो ।

अस्पतालमा उपचार हुन नपाउँदै कार्कीको चिकित्सकले मृत्यु घोषणा गरेको थिए।मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो समाचारमा

भैंसीबडिमालिका नगरपालिकाकाठमाडौँबाजुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...