रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार

53
Share
Featured
  • फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटसहित देशभर आज उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भइरहेको छ, र रौतहटका चारवटै निर्वाचन क्षेत्रमा आवश्यक सबै तयारी पूरा गरिएको छ।
  • उम्मेदवारहरूले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई मनोनयन दर्ता गर्नुपर्नेछ, भीड नियन्त्रण र आचारसंहिता पालना गर्न दलहरूलाई विशेष निर्देशन दिइएको छ।
  • मनोनयन दर्ताका दिन कडा सुरक्षा व्यवस्था लागू गरिएको छ र मुख्य दल तथा स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएकाले जिल्लामा चुनावी सरगर्मी थप बढ्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज रौतहट सहित देशभर उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गरिँदैछ।

रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतका कार्यालयहरूले सम्पूर्ण प्राविधिक तथा प्रशासनिक तयारी पूरा गरेका छन्।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार, उम्मेदवारी दर्ता प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन आवश्यक सबै प्रबन्ध मिलाइएको छ।

उम्मेदवारहरूले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई आफ्नो मनोनयन पत्र दर्ता गराउन सक्नेछन्।

निर्वाचन अधिकृतको कार्यालयले तोकिएको समयभित्रै दर्ता प्रक्रिया सक्न उम्मेदवारहरूलाई आग्रह गरेको छ।

‘साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयभित्र प्रवेश गरिसकेका उम्मेदवारहरूको मात्र आज मनोनयन दर्ता गरिनेछ,’ प्रमुख दासले स्पष्ट पारे।

कतिपय स्वतन्त्र तथा दलका उम्मेदवारहरूले सोमबार नै कार्यालयबाट मनोनयन पत्र लगिसकेकाले आज बिहानैदेखि उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।

निर्वाचन कार्यालयले उम्मेदवारी दर्ताका क्रममा हुनसक्ने भीडभाडलाई मध्यनजर गर्दै विशेष निर्देशन जारी गरेको छ । राजनीतिक दलहरूलाई मनोनयन दर्ताका लागि आउँदा एकैपटक नआएर पालैपालो आउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

शान्ति सुरक्षा कायम राख्न र ट्राफिक व्यवस्थापनलाई सहज बनाउन जुलुस तथा ¥यालीमा सीमित संख्याको मात्र प्रयोग गर्न समेत भनिएको छ।

उम्मेदवारी दर्ताका दिन जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन अधिकृतका कार्यालय आसपासका क्षेत्रमा बिहानदेखि नै सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। मतदाता र उम्मेदवारहरूलाई कुनै पनि किसिमको असुरक्षा महसुस हुन नदिन स्थानीय प्रशासनले विशेष सुरक्षा योजना लागू गरेको छ।

रौतहटका चारवटै क्षेत्रमा मुख्य राजनीतिक दलहरू र स्वतन्त्र उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएकाले आजको मनोनयन दर्तालाई निकै चासोका साथ हेरिएको छ। आज उम्मेदवारी दर्ता भएसँगै जिल्लामा चुनावी सरगर्मी अझै बढ्ने निश्चित छ।

यो समाचारमा

काठमाडौँरौतहट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...